अर्घाखाँचीमा दशैंलाई लक्षित गर्दै थप गाडी संचालन

शोभाखर पन्थी
अर्घाखाँची /असोज १५ । नेपालीहरुको महान चार्ड बिजया दशमीलाई लक्षित गर्दै पश्चिम नेपाल बस व्यबसायी प्रा.लि. ले अर्घाखाँची जिल्लामा थप गाडी संचालनमा ल्याएको छ ।
दशैंक‍ो अबसरमा ठुलो संख्यामा मानिसहरुले यात्रा गर्दा सबारी साधनमा चाँप बढे सँगै यात्रा सहजताको निम्ति नियमित बाहेकका गाडिहरु थप गरिएको प्रा.लि.ले जनाएको छ ।
पश्चिम नेपाल बसव्यबसायी प्रा .लि.ले जिल्लामा सुबिधा सम्पन्न बसहरु संचालनमा ल्याए सँगै यात्रुलाई गन्तव्यमा पुग्न निक्कै सहज भएको पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का सन्धिखर्क शाखा प्रमुख कमल प्रसाद भट्टराईले बताउनुभयो । भट्टराईले यात्रुहरूको मागलाई मध्यनजर गर्दै जुनसुकै समयमा सेवा दिन आफुहरु सधैब तत्पर रहेको बताउनुभयो । उहाँले बृद्धबृद्धा,अशक्त र बालबालिका हरुलाई यात्रामा सहजता पुर्‍याउनको निम्ति बिशेष योजना समेत निर्माण गरेको बताउनुभयो ।
उहाँले यात्राको क्रममा गाडिको क्षमता अनुसार मात्र सवारी राख्न तथा यात्रुहरू संग नम्र व्यबहार गर्न चालक र सहचालकहरु लाई सचेत पारिएको बताउनुभयो । प्रा.लि.ले अहिले काठमाडौं बाट दैनिक १५ वटा बस,बुटवल बाट दैनिक ५० वटा बस,कृष्णनगर बाट ६,चार नम्बर बाट ३ र दाङ लगायतका मुलुकका अन्य शहरहरु बाट समेत सुबिधा सम्पन्न बसहरु संचालन गर्दै आएको छ । 
हाल छिमेकी जिल्ला तथा जिल्ला भित्रका गुल्मीको अर्खबाङ,तम्घास ,पिपलधारा,प्युठानको चुँजाठाटी ,जैटारी तथा जिल्लाको हंसपुर,खन, डांडाकटेरी, धनचौर, दुर्गाफाँट,जलुके, जुकेना, सुवर्णखाल, लामाताल,सिद्धारा,सिमलपानी, माझिदमार लगायतका ठाउँहरुमा नियमितरूपमा सेवा दिंदै आएको सन्धिखर्क शाखाका सहायक प्रमुख हुमानाथ पौडेलले बताउनुभयो । यात्रुहरूलाई आरामदायी र भरपर्दो सेवा प्रदान गर्न आफुहरु दिनरात तयार रहेको उहाँको भनाइ छ ।
यात्रुलाई देवता संझेर यात्रा गराउने अर्का सहायक प्रमुख गोबिन्द भुसालले बताउनुभयो ।
यात्राको क्रममा बढी भाडा लिएमा, यात्रुलाई मित्रवत व्यबहार नगरेमा ठाउँका ठाउँ कार्वाही गर्ने कार्यालय प्रमुख भट्टराईको दाबी छ ।

अन्य समाचारहरु