अर्घाखाँचीडट्कम संवाददाता
डिभर्ना, अर्घाखाँची असोज १७ । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिभर्ना चौडिलामा मालबाहक मिनिट्रक गए राति दुर्घटना भएको छ ।
बुटवल बाट खनदह तर्फ ग्यास तथा खाध्यान्नका सामान लिएर जादै गरेको लु १ ख ८५६५ नम्बरको मिनिट्रक सडक बाट करिब १०० मिटर तल बारिमा पुगेको थियो ।
दुर्घटना गएराती करिब एक बजे भएको हो । गाडिमा सवार ३ जना मध्ये चालक सामान्य घाइते भएको र अन्य दुइ जना सकुशल रहेका छन । गाडी बाँगीका चौहानको बताइएको छ ।
घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरीले जानकारी गराएको छ ।