अर्घाखाँचीडट्कम संवाददाता
असुरकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं. ५ असुरकोटमा चाडपर्बको समयमा हुन सक्ने चोरी डकैती ठगी अपराधिक क्रियाकलाप बाट बच्ने उपाय सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
प्रहरी चौकी खिल्जी अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार असुरकोटमा स्थानियवासी, बुद्धिजिवी,युवा को उपस्थितीमा प्र.ह. धन बहादुर सुनारीले चाडपर्बको समयमा हुन सक्ने चोरी डकैती ठगी अपराधिक क्रियाकलाप बाट बच्ने उपाय सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो ।