सन्धिखर्कमा साना सहकारी खानेपानी तथा सरसफाइ नगरकाे दशै विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची २०७६ असाेज १९ (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको सन्धिखर्क साना सहकारी खानेपानी तथा सरसफाइ नगर आयाेजना उपभाेक्ता मुल संस्था अर्घाखाँचीकाे आयाेजनामा सन्धिखर्कमा दशै विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।
समितिका बरिस्ठ उपाध्यक्ष राम बहादुर रायमाझीकाे अध्यक्षता मा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क सम्बृधिका अाधारहरूकाे चर्चा गर्दै नगरकाे विकासमा सबैकाे साथ सहयाेगकाे अपेक्षा गर्नु भएको छ ।
कार्यक्रममा सनपा उप प्रमुख ठाकुर कुमार बि क ,वडा नं १ का वडा अध्यक्ष युबराज बन्जाडे ,२ का अध्यक्ष माेतिजङ् रायमाझी ,३ नं वडा अध्यक्ष लिलाराम गाैतम ,१० का वडा अध्यक्ष लक्ष्मि नारायण चुदाली ,उपभोक्तामूल संस्था का सल्लाहकार के.बि भुसाल ,पत्रकार हिम लेकाली लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियाे ।
कार्यक्रम मा स्वागत उपाध्यक्ष नेत्र प्रसाद भट्टराई र सन्चालन सचिव कमल प्रसाद घिमिरेले गर्नु भएको थियाे ।
कार्यक्रममा कार्यसमितिकामहानु भावहरू , कार्यालय प्रमुख कृष्ण प्रसाद अाचार्य लगायतका कर्मचारीहरू ,उपभोक्ता समितिका महानुभावहरू तथा पत्रकारहरू समेतकाे उपस्थिति रहेकाे थियाे ।

अन्य समाचारहरु