नरपानीमा जीप दुर्घट्नापछि अर्घाखाँची शोकमा

अर्घाखाँचीडट्कम संवाददाता 
नरपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । दशैको मुखमा ३ जनाको ज्यान जाने गरि  नरपानीमा भएको जीप  दुर्घट्नाले अर्घाखाँची शोकमा डुबेको छ । दशैको खुशीयाली एकाएक दु:खमा परिणत भएको छ ।
कपिलवस्तुको कृष्णनगरवाट अर्घाखाँचीको सन्धिखर्क आउदैगरेको लु १ ज ४३२९ नं.को रातो रंगको बलेरो सवारी जिप सन्धिखर्क–६ नरपानी रातामाटामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यू भएको छ ।  
मृत्यू हुनेमा भूमिकास्थान नगरपालिका वडा नं. २ ढाकावाङ्ग घर भई हाल लमही नगरपालिका वडा नं. ५, दाङ्ग वस्ने वर्ष ५१ का घनश्याम खनाल र उहाँकी श्रीमति वर्ष ४६की श्यामकला खनाल, वाङला सिउडेनीबाट कपिलवस्तु बुद्धभुमी गोरुसिंगे बसाई सराँई गरेका बर्ष २४ का दिलिप अधिकारी रहेका छन्   । ढाकाबाङका श्रीमान, श्रीमतिको निधनले यहाँका गाउँमा चुलो बोलेको छैन् ।  
दुर्घटनामा भूमिकास्थान नगरपालिका–१०, धनचौरकी वर्ष १९ की सिमा रेग्मी, भूमिकास्थान नगरपालिका–१० धनचौरकी वर्ष ३० का उमेश रेग्मी, वर्ष १ को आदित्य रेग्मी, लमही ५ दाङ्गका वर्ष १२–की अनिता खनाल, बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेका वर्ष २४ को विरेन्द्र श्रेष्ठ (चालक), लमही नगरपालिका–५ दाङ्गकी विन्दु खनाल रहेका छन् ।
घाईतेहरुमध्ये अनिता खनाल, विरेन्द्र श्रेष्ठ (चालक), उमेश रेग्मी, विन्दु खनाललाई सन्धिखर्क अस्पतालवाट भैरहवा मेडिकल कलेजका रिफर गरिएको छ भने अन्य घाईतेहरुको सन्धिखर्क अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटना भए लगत्तै प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, प्रहरी नायव उपरिक्षक प्रकाश विष्ट, शसस्त्र प्रहरी नायव उपरिक्षक माधव रेग्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको उद्धारटोली, नेपाली सेनाको उद्धारटोली, शसस्त्र प्रहरीको उद्धारटोली, सन्धिखर्क नगरपालिका वडा नं. १ र २ का समाजसेवीहरु, सन्धिखर्क- ६का स्थानीय वासीन्दाहरु घटनास्थलमा पुगी उद्धारकार्यमा खटिईएका थिए ।
जिप सडकवाट अन्दाजी ३०० मिटर तल खसेको छ । दुर्घटना के कारणले भएको हो सो को अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक विष्टले जनाकारी दिनुभएको छ ।

अन्य समाचारहरु