प्रकासित मिती: २०७६/असोज २३गते बिहिवार
विशाल सूर्यवंशी
भर्तापुर । अर्घाखाँची जिल्ला पाणिनी गाउपालिका ५ मैदान भर्तापुर चेनडाडा रहेको आलम देवी मन्दिरमा सराय नाच तथा पुजाआजा भएको छ ।
प्रत्येक वर्ष विजया दशामी अर्थात वडा दशैको द्वादशी तिथिको दिन गरिने यो नाँचमा पन्चेवाजाको साथमा पन्चगोली र मेड़ों ल्याउने चलन रहेको छ ।
भर्तापुर चेनडाडा स्थित रहेको विगतको बर्षमा यस क्षेत्र कै यैतिहासिक मन्दिरको शाखा मानिने यो मन्दिरमा यस मन्दिरमा लामो समय देखी पुजा आर्चना गर्दै आउनु भएका पुजारी डासुराम बेलबासेले जानकारी दिनु भएको छ ।पाणिनी गाउपालिका ५ भर्तापुर स्थित यसबर्ष १५०० भक्तजनहरुले दर्शन गरेको मन्दिर व्यावस्थापनका अध्दक्ष नेत्र बहादुर गाहाले जानकारी दिनुभएको छ। र यस मन्दिरमा दर्जनौ जनाले पशुवलि चदाएका थिए। यस मन्दिरमा पाल्पा,अर्घाखाँची,,कपिलवस्तु,रुपन्देहि, जिल्लाको दर्शालु आएका थिए। र स्वतंत्र पत्रकार ५ प्रदेश सह-सचिब प्रदिप सूर्यवंशी को पनि उपस्थित रहेको थियो।
बि.स.२०५६ मा निर्माण गरिएको यो मन्दिरमा पौवा निर्माण गर्न नसकिएको र यस विषयमा सरोकारवालाले ध्यान दिन नसकेको अवस्थामा पुजापाठ गर्न र मन्दिर व्यावस्थापनका सामग्री राख्न समेत असुविधा रहेको गुनासो पुजारी डासुराम बेलवासेको गुनासो रहेको छ।
हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा सबै समुदायबिच धार्मिक सद्भाव कायम गरी भाइचारा विस्तार मन्दिरमा वृहत सराय जात्रा र फूलपाती विसर्जन गरि यस वर्षको बडा दशै बिदाई गरिएको थियो।
तस्बिर:-प्रदिप सुर्यबंशी