प्रकासित मिती: (२०७६ आश्विन २४, शुक्रबार )
अशोक खनाल
खाँची मैदान, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नागरिक प्रहरी दाजुभाइ ,सुरक्षित बनाउ समाज लाई भन्ने मुल नाराका साथ जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले आफ्नो ६४ औं प्रहरी दिबस एक कार्यक्रम को आयोजना गरि मनाएको छ।
नेपाल सरकारका पुर्ब उपप्रधानमन्त्री तथा अर्घाखाँची जिल्ला प्रतिनिधि सभा सदस्य मा.टोपबहादुर रायमाझी को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रास्ट्रिय सभा सदस्य म. चन्द बहादुर खड्का ,प्रदेश सभा सदस्य द्वय मा.चेतनारायण आचार्य मा. रामजी प्रसाद घिमिरे , मालारानी गाउपालिकाका अध्यक्ष बालकृष्ण आचार्य ,सन्धीखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक. प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल , नेकपा का नेता जनार्दन खनाल ,नेका प्रतिनिधि नेत्र भट्टराई ,राजमो प्रतिनिधि गोबिन्द बिसि. सामुदायिक प्रहरी केन्द्र का राम बहादुर चौहान लगायत को उपस्थिति रहेको थियो।
कार्यक्रम मा शुभकामना दिने प्रमुख अतिथी लगायत सम्पुर्ण अतिथी हरु ले नेपाल प्रहरी बिश्वको उत्कृष्ट दर्जा मा रहेको भन्दै मुक्तकन्ठ ले प्रश्म्सा गर्दै दिबस को अबसरमा शुभकामना ब्याक्त गरेका थिए ।कार्यक्रममा अमर परिबार लाई सम्मान पुर्ब प्रहरी हरु बिच को पुनरर्मिलन तथा विभिन्न बिधामा उत्कृष्ट हुने खेलाडी तथा उनको समुह लाई सम्मान तथा प्रश्म्सा पत्र बितरण गरिएको थियो ।
प्रहरी निरीक्षक प्रकाश खत्री को स्वागत मन्तव्य मा शुरु कार्यक्रम को प्रहरी साहायक निरीक्षक शुरेश सुवेदी को संचालन तथा प्रहरी नायब उपरीक्षक प्रकाश बिस्ट को अध्यक्षता मा सम्पन्न भएको थियो ।