अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची २०७६ असाेज २६ । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाली कांग्रेस अर्घाखाँचीको आयाेजनामा विजया दशमी, शुभदिपावली, छठ तथा नेपाल सम्वत् काे अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
शुभकामना आदान प्रदान तथा चियापान समाराेह पार्टी कार्यालय बि.पि .स्मृति भवनमा सम्पन्न भएको हो ।
पार्टी अध्यक्ष बिष्णु प्रसाद खनाल “मुस्कान “काे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस पूर्व सभापति तथा सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल ,नेकपा जिल्ला सचिव तथा सनपा नगर उप प्रमुख ठाकुर कुमार बि.क.” किशाेर” ,प्रमुख जिल्ला अधिकारी विजयराज पाैडेल ,सनपा १० का वडा अध्यक्ष लक्ष्मिनारायण चुदाली , अर्घाखाँची उद्योग वाणिज्य संघकाे त्रफबाट पार्वता श्रेष्ठ ,नेपाल पत्रकार महासंका हिम “लेकाली ” लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियाे ।
बक्ताहरूले अब राजनितिक लडाइ सकियकाे र समृद्धिकाे युग अगाडि बडेकाे यस घडिमा सबैले राष्ट्रियता , लाेकतन्त्र र जनजीविकाकाे पक्षमा अाग्रह पूर्वाग्रह नराखि विकास निर्माणकाे कार्यमा एक भएर लाग्नु पर्ने बताउनु भयाे ।
कार्यक्रमका पार्टी सभापति मुस्कानले २०३३ सालमा महामानव विशेस्वर प्रसाद काेईरालाले ल्यायकाे राष्ट्रिय मेलमिलापकाे नीति संगै लगातार प्रत्येक बर्ष शुभकामना अादान प्रदान र चियापान कार्यक्रम राख्ने परम्पराकाे थालनि भएकाे बताउदै उहाँले याे कार्यक्रमले राजनितिक पार्टी बिचकाे सम्बन्ध सुमधुर बनाउने साथै पार्टी कार्यकर्ता र जनता विच मित्रता र सद्भाव बडाउन मद्दत पुर्याईरहेकाे बताउनु भएको छ ।
पार्टी सचिव विष्णु प्रसाद भुसालकाे सन्चालन र उप- सभापति शान्ता भण्डारी काे स्वागतमा सम्पन्न कार्यक्रम मा सीतगंगा नगर प्रमुख सुर्य प्रसाद अधिकारी ,छत्रदेव गाउँ पालिका अध्यक्ष लेखनाथ पाेख्रेल , प्रहरी नायव उपरिक्षक प्रकाश बिष्ट ,शसस्त्र प्रहरी प्रमुख माधव रेग्मी ,सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासे ,बिक्रम थापा ,अनुसन्धान प्रमुख विनय चतुर्वेदि ,जिल्ला न्यायाधिवक्ता हरि प्रसाद घिमिरे र नेपाली कांग्रेसका , विभिन्न तहका पार्टी नेताहरू ,भात्री संगठनका महानुभावहरू ,पत्रकारहरू ,अामनागरिक लगायतकाे उल्लेख उपस्थिति रहेकाे थियाे ।
अाैपचारिक कार्यक्रम सकिय पनि दिउसाे २ बजे सम्म शुभकामना अादान प्रदान भै रहने र त्यतिन्जेल सम्म राष्ट्रिय सभा सदस्य माननीय चन्द्र बहादुर खड्का र प्रदेश सदस्य चेतनारायण अाचार्य समेत अाउने कुरा पार्टी सभापतिले जानकारि दिनु भयाे ।