दिनेश रदिफ गैरे
अर्घाखाँची डटकम / मैदान । पाणिनी गाउँ पालिका वडा नं ५ मैदानमा अवस्थित आलमदेबी मन्दिरमा कोजाग्रत पुर्णिमा बिशेष मेला तथा सराय नाच कार्यक्रम सम्पन्न भएको भोली पल्ट आर्थिक समिती वैठक वसेको छ ।
पुर्णिमा मेलामा करिब दश हजार भन्दा धेरै भन्दा धेरै भक्तजनले मन्दिरमा मेलामा सहभागी भएको आलम देबी मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष लक्ष्मण पाण्डेले जानकारी दिएका छन् । अध्यक्ष पाण्डेले जानकारी अनुसार उक्त दिन यो मन्दिरमा दर्शन गर्नको लागि पाल्पा, कपिलवस्तु, रूपन्देही, गुल्मी , प्युठानका लगायतका जिल्लाबाट पनी आउने गरेको बताएका छन् ।
पुर्णिमाको दिन मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरू ले चढाएको भेटी,रसिद काटेर उठेको रकम तथा बजार ब्यबस्थापनबाट प्राप्त शुल्क लगायत गरेर रू २,५३,३०८/- दुईलाख त्रिपन्न हजार तीनसय आठ रुपैया आर्थिक संकलन भएको भएको छ । जस मध्ये विभिन्न २२ वटा शिर्षकमा करिब रू १,२१,७५६ खर्च भएको र १,३१,५५२ बचत भएको मन्दिर व्यावस्थापन समिती अध्यक्ष लक्ष्मण पाण्डेले अर्घाखाँची डट्कम् लाई जानकारी दिएका छन् ।
तस्वीर दिनेश गैरे/अर्घाखाँची डटकम्