प्रकासित मिती: असोज २७, २०७६
रुद्रमणि भुसाल
बल्कोट । आर्थिक अभावका कारण उपचार गर्न नसकेका , र आगलागिबाट पिडित भएका अर्घाखाँचीको छत्रदेब गाउँपालिका भित्रका नागरिकलाई अर्घाखाँची बल्कोट दुबई सम्पर्क समाजले एक वर्षको अबधिमा बिभिन्न ब्यतिmलाई गरि तीन लाख १४ हजार पाँचसय रुपैया सहयोग गरेको छ ।
रोजगारीको शिलशिलामा ज्यानको जोखिम मोलेर दुबई ,कतार , मलेसिया साउदी गएका नेपालीहरुको हयोगमा उक्त रकम सहयोग उठाएर पिडित परिबार दिन सफल भएको अर्घाखाँची बल्कोट दुबई सम्पर्क समाजका अध्यक्ष टुमलाल पाण्डेले जानकारी दिनुभयो ।
छत्रदेब गाउँपालिका वार्ड नंं ३ बल्कोटका मुटुरोग पिडित राजेश नेपालीलाई दुईलाख ३५ सय ,केरुङाका राम बहादुर सुनाका छोरीहरुको उपचारको लागि ५१ हजार र छत्रदेबकै आगलागि पिडित र मुगौला पिडितलाई साठीहजार गरि तीन लाख १४ हजार पाँचसय रुपैया सहयोग गरेको अध्यक्ष टुमलाल पाण्डेको भनाई रहेको छ ।
बिदेशमा संकलन भएको रकम गाउँपालिका अध्यक्ष लेखनाथ पोख्ररेललको उपस्थिमा पिडित परिवारलाई एक कार्यक्रमका बिच हस्तारन्तरण गरिएको हो । बिदेशमा रहेर पनि आफ्नो जान्मगाउँमा समस्यामा परेका दाजुभाईहरुलाई आर्थिक रकम संकलन गरि पिडित परिवारलाई हस्तारण गरेको रकमले अस्पतालमा उपचार गराउन ठुलो सहयोग मिलेको छत्रदेब गाउँपालिका अध्यक्ष लेखनाथ पोख्ररेले बताउनु भयो ।
उहाँले आफ्नो ज्यानको बाझीथापेर घरपरिबार चलाउनको लागि खाडी मुलुक गएका युवाहरुले गरेको आर्थिक सहयोग र सामाजिक कामको खुलेर प्रसम्सा गदै धन्यबाद दिनु भयो ।