प्रकासित मिती: असोज २७, २०७६
सागर महत
सन्धिखर्क । मिडिया चोक देखी शान्ती बगैचा जाँदै गरेको लु ६च ४२९० नम्बरको मोटर साईकल र विपरीत दिशाबाट आउँदै गरेको ओनटेस्ट नम्बर नखुलाएको मोटर साईकल एक आपसमा ठोक्किँदा लु ६च ४२९० नम्बरको मोटर साईकल चालक सन्धिखर्क नगरपालिका वडा नं. १२ को ज्ञान प्रकाश माविका शिक्षक ऋषिराम खनाल गम्भिर घाइते भएका छन ।
उनको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार हुन नसक्दा भैरहवा मेडिकल रिफर गरीएको छ । भने अर्के घाइते सुनिल भुसाल लाइ प्रहरी नियन्त्रणमा लिइ जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार गराएको बताएको छ ।
तीव्रगतिमा आएको ओनटेस्ट ठक्कर दिदा दुर्घटना भएको प्रत्यक्ष दर्शीले बताएका छन ।