अर्घाखाँचीडट्कम संवाददाता
केरुङा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छ्त्रदेब गाउँपालिका वार्ड नम्बर ४ केरुङाका राम बहादुर सुनारका दुई छोरीको उपचारको लागी आर्थिक सहयोग बितरण गरिएको छ ।
केरुङाकाका ब्लड क्यान्सर पीडित सुस्मा सुनार मुटु रोगी र सृष्टि सुनारलाई सामाजिक अभियान्ता सचिन पाण्डे र बिस्नु सुवेदीद्दारा आर्थिक संकलित ३११५०रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।
राम बहादुर सुनारका छोरी ९ बर्षकि सुस्मा सुनारलाई ब्लड क्यान्सर र ७ बर्षकि सृष्टि सुनारलाई मुटुको रोग लागेको छ । उनिहरुको घरको परिबारिको अबस्था अतिनै कमजोर रहेको हुनाले उनिहरुको उपचारको लागी सामाजिक अभियान्ता सचिन पाण्डे ले सुस्मा र सृष्टि सुनार बचाउ अभियान चलाएर विभिन्न ब्यक्तित्वहरुलाइ बचाउका लागि अनुरोध गर्दै रु ३११५० सहयोग संकलित गरेका थिए ।
अभियान्ता पाण्डेले उक्त सहयोग पिडित बालबच्चा को हातमै दिन चाहेपनि बालिकाहरुको स्वास्थ अबस्था नाचुक भएपछि पोखरा हस्पिटल मा पुराईएको हुनाले उन्ले छत्रदेव ८का वडा अध्यक्ष राजकुमार श्रेष्ठ र छत्रदेव प्रमुख लेखनाथ पोख्रेल को हातमा हस्तान्तरण गरेका थिए सहयोग हस्तान्तरण गर्दै पाण्डे ले सहयोग जुटाउने अभियानमा हातेमालो गर्ने र सहयोग गर्ने सबैलाई धन्यवाद दिदै उक्त पिडित बच्चाहरु बचाउका लागि गाउंपालिका बाट सक्दो सहयोग गरिदिन पनि छत्रदेव प्रमुख लाई अनुरोध गरेका छन् ।
सामाजिक अभियान्ता पाण्डेले अनाथलय निर्माण दुखि गरिब बिपत्तिमा परेका परिवारलाई १५ महिना भित्रमा १० लाख भन्दा धेरै सहयोग संकलन गरेर हस्तान्तरण गरेको बताउदै भोलिको दिनमा पनि गरिब दुखिको साथमा रहेको बताएका छन ।