सन्धिखर्कमा सम्पन्न एवाईसी अन्तरपालिका स्तरीय तेस्रो रनिङ्गशिल्ड भलिवल प्रतियोगीताको उपाधि शितगंगा नगरपालिकालाई (तस्बिर सहित)

प्रकासित मिती: २९ असोज २०७६ 

श्याम घिमिरे
 सन्धिखर्क २९ असोज २०७६   अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सोमबार देखि सुरु भएको एवाईसी अन्तर पालिका स्तरीय तेस्रो रनिङ्गशिल्ड भलिवल प्रतियोगीताको उपाधि शितगंगा नगरपालिकाले हात पारेको छ ।
 ‘युवाहरुको एकता समाज सुधारमा अग्रसरता’ भन्ने मुलनाराका साथ स्थापित अर्घाखाँची युवा परिषद् सन्धिखर्क २ को आयोजनामा सम्पन्न प्रतियोगीतामा जिल्लाका ६ वटै पालीकाहरुको सहभागिता रहेको थियो । बुधबार सम्पन्न फाईनल खेलमा सन्धिखर्क नगरपालिकालाई सोझो सेटमा हराउँदै शितगंगा नगरपालीकाले विजयी हासिल गरेको हो ।
यो संगै प्रतियोगीतामा सितगंगा नगरपालीका प्रथम,सन्धिखर्क नगरपालीका द्धतिय र भुमिकास्थान नगरपालीकाले तृतिय स्थान हासील गरेका छन । यता पाणिनी गाउँपालिका भने निर्धारीत समयमा खेलमा सहभागि नभएपछि स्वतः भुमिकास्थान नगरपालिका तृतिय भएको आयोजकले जनाएको छ ।
प्रतियोगीतामा प्रथम हुने टिमलाई नगद रु.५० हजार, दोस्रो हुने टिमलाई ३० हजार र तेस्रो हुने टिमलाई रु २० हजार सहित आकर्षक शिल्ड, मेडल र प्रमाण प्रदान गरिएको परिषद्का महासचिव प्रकाश भुसालले जानकारी दिनुभयो । यस्तै प्रतियोगीतामा ३ पटक सम्म लगातार रनिङ्गशिल्ड जित्ने टिमलाई नगद रु १ लाखको साथमा शिल्ड पनि प्रदान परीषद्का अध्यक्ष काजी श्रेष्ठले बताउनु भयो । यसअघि प्रतियोगीताको सोमबार जिल्ला समन्वय समिती अर्घाखाँचीका प्रमुख पिताम्बर शर्मा भुसालले उद्घाटन गर्नुभएको थियो ।
शितगंगाले लगातार दोस्रोपटक रनिङ्गशिल्ड जितेको हो । यसैबिच आगामी बर्ष चौथो एवाईसी अन्तर पालिका स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता २०७७ साल कात्तिक २० गते खेलाडी प्रशिक्षण कार्यक्रम सहित कात्तिक २१ र २२ गते सन्धिखर्क टुडिखेलमा हुने आयोजकले जानकारी दिएको छ ।

अन्य समाचारहरु