शितगंगा नगरपालिकामा १० मिनेट भित्र सेवाग्राहीको काम

सुर्य भुसाल 
ठाडा। अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले जनताको काम छिटोछरितो गर्न कर्मचारीलाई निर्देशन दिनु भएको छ ।
कपिलवस्तुको शिबराज नगरपालिकाबाट अर्घाखाँचीको शितगंगा नगरपालिकामा भरखर मात्रै आउनु भएका प्रमुख पौडेलले जनतालाई मुस्कान सहितको सेवा दिनु राष्ट सेवक कर्मचारीहरुको दायित्व भएको बताउदै कुनै पनि काम १० मिनेट भित्र सेवाग्राहीलाई सेवा दिन उहाले निर्देशन दिनु भएको हो ।
शितगंगा नगरपालिका देशकै ठुलो नगरपालिका र स्रोत सम्पन्न नगरपालिका हो  । कार्यालयमा हाजिर भए लगत्तै कर्मचारीहरुलाई निर्देशन दिदै उहाले भष्टचार मुक्त नगरपालिका सुशासन पार्दसिता कायम गरि अगाडि बढ्न आग्रह गर्दै उहाले गुणस्तरीय काम गरेनगरेको फिल्डमा पुगेर अनुगमन गरेर मात्रै भुक्तानी दिने बताउनु भयो ।
स्थानिय तहको राम्रोसँग अनुभब बटुलेका प्रशासकिय अधिकृत शितगंगाले पाउदा बिकासले थप फड्को मार्ने आफुहरुले अपेक्षा गरेको वार्ड नम्बर १० का अध्यक्ष हिम्मत पोख्रेलले अर्घाखाँची डट्कमलाई बताउनु भयो । 

अन्य समाचारहरु