बाँगीको आरुखोरमा नि:शुल्क स्वास्थ्य शिबिर समापन (तस्बिर सहित)

हरि कुँवर
बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीमा  नवदिप युवाक्लब बाँगी भण्डारको आयोजनामा नि:शुल्क स्वास्थ्य शिबिर समापन भएको छ । 
राष्ट्रिय सभा सदस्य  चन्द्र बहादुर खड्काले निःशुल्क स्वास्थ्य शिविर को उद्घाटन गर्दै क्लब ले राम्रो काम गरेको भन्दै प्रसंशा गर्नु भएको थियो । 
उक्त  कार्यक्रम मालारानी पालिका अध्यक्ष बालकृष्ण आचार्य ,उपाध्यक्ष प्रमिला  क्षेत्री , प्रमुख प्रशाकिय अधिकृत खगेन्द्रराज मरासिनी ,वडा नं-५ का अध्यक्ष  शाेभाकर भुसाल,  शान्ति  माध्यमिक  विद्यालय  प्र अ. मान बहादुर पाण्डे, सिद्ध मा.वि प्र अ. दिनेश केसी, सव ओभरसियर हरिश चन्द्र पान्डे ,मेगा बैंक शाखा  प्रमुख  सुरज कडेल ,बाँगी अर्घाखाँची रूपन्देही  सम्पर्क  समाजका सल्लाहकार  डबल बि.सी. , बुटवल चाैराह हस्पिटल  प्रा.ली. अध्यक्ष  सुदन ज्ञावाली , सि एण्ड सि हस्पिटलका जनसम्पर्क अधिकृत  कृष्ण पाेखरेल  लगाएतले शिविरमा  शुभकामना  मन्तव्य राख्नु भएकाे थियाे। 
शिविरमा सेवाहरू, फेमली फिजिसियन सेवा ,जनरल फिजिसियन सेवा, महिला राेग तथा प्रसुती सेवा ,दन्त राेग सेवा जनरल सर्जरी  सेवा ,हाडजोर्नी तथा नशाराे विशेषज्ञ सेवामा करिब ४०६ जना जतिले निःशुल्क सेवा लिनुभएकाे थियाे। नेपाल रेमिटका प्रबन्धक बिजय भुसालले शिविरमा नि: शुल्क खानेपानी वितरण समेत गर्नु भएको थियो । सयोग गर्ने सम्पुर्ण लाई क्लबले सम्मान प्रमाणपत्र तथा मायाको चिनो प्रधान गरेको थियो ।
पत्रकार नविन केसी , पत्रकार सयोगी बि.सी , प्रधानमन्त्री सरोजगार सयोजक महेश भुसाल ,क्लबका सल्लाहकार तथा पत्रकार हरि कुँवर , सामाजिक युवा तथा  स्वास्थ्य कर्मी असोक चौहान , सामाजिक युवा बिमल चौहान , सामाजिक युवा प्रकाश चौहान  लगाएत को उपस्थिति रहेको थियो । 
कार्यक्रम क्लबका अध्यक्ष  सुर्य कुँवरकाे  अध्यक्षत्यता ,विरेन्द्र कुँवर को स्वागत मन्तव्य र बिष्णु आचार्यकाे संचालनमा  शिविर  सम्पन्न भएकाे थियाे।

अन्य समाचारहरु