जुकेनामा धर्म संस्कृति रक्षार्थ मन्दिर निर्माणमा युवाहरुको सक्रीयता, लाखौको आर्थिक सहयोगमा मन्दिर सम्पन्न (तस्बिर सहित)

डिआरजी सुमन 
जुकेना, अर्घाखाँची (अर्घाखाँची डटकम्/व्युरो )। युवाहरु विदेश गएर धर्म संस्कृति र गाँउलाई भुलेर सुगम स्थानमा स्थापित हुदै गाँउवाट विस्थापित हुन्छन भन्ने आम जनधारणा चरितार्थ गर्दै सितगंगा नगरपालिका वडा  नं ५ का युवाहरुले गाँउमै मन्दिर निर्माण गरेका छन ।
सितगंगा ५ जुकेनामा रहेको वजेनीमाई मन्दिर उदघाटन तथा सहयोग दाता सम्मान कार्यक्रम सम्पन्न भएको छ । अर्घाखाँची जिल्लाको दक्षिण पश्चिम भागमा अवस्थित क्षेत्रफलको आधारमा नेपाल कै ठुलो नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारीले मैनवत्ति वालेर व्यानर अनावरण गरी मन्दिर उद्घाटन गरेका थिए ।
देश विदेशमा वस्ने जुकेनावाँसीको आर्थिक सहयोगमा नयाँ मन्दिर निर्माण गरिएको छ । युवाहरुको सक्रियतामा आर्थिक संकलन गरी मन्दिर निर्माण गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दै आ-आफ्नो तर्फवाट आवश्यक सहयोग गर्न तयार रहेको ५ नं वडा अध्यक्ष कमल पौडेल वताएका छ । धर्म संस्कृतिलाई प्राथमिकतामा राखि युवाहरुले मन्दिर निर्माण गरेको प्रति धन्यवाद ज्ञापन गर्दै आफुले यो मन्दिरलाई आवश्यक सहयोग गर्न तयार रहेको वताउदै सितगंगा ५ का युवाहरुको खुलेर प्रशंसा गरेका थिए । 
देशभरको विकराल वेरोजगारको समस्या लिएर विदेशमा वस्न वाध्य भएता पनि नेपालको धर्म संस्कृतिको रक्षार्थ आफु सक्रिय रहदै जुकेनावासी युवाहरुलाई एकता गराउदै विभिन्न वाधा अड्चन सामना गर्दै सामाजिक संजालको माध्यमवाट अभियान संचालन गरी आर्थिक सहयोग जुटायौ । अन्ततः मन्दिर निर्माण सम्पन्न भयो हामी सहयोग सहयोगी दातालाई धन्यवाद दिन चाहान्छौ । यस अभियानलाई दिनरातको प्रवाह नगरी आफ्नो तर्फवाट तन,मन र धनले हौसला प्रदान गर्नुहुने कृष्ण प्रसाद पौडेल,भुवन पौडेल, धनश्याम पौडेल, दुर्गा प्रसाद पौडेल,राहुल पौडेल,विजय पौडेल लगायत आर्थिक संकलन कार्यमा सहयोग गर्ने सम्पूर्ण सहयोग दातालाई हार्दिक धन्यवाद दिदै आगामी दिनमा निरन्तर साथको अपेक्षा गर्दछौ कार्यक्रम संयोजक युवराज पौडेलको मन्तव्य थियो ।
देशभर पछिल्लो समयमा मन्दिर निर्माण कार्यले प्राथमिकता पाएता पनि ऐतिहासिक धार्मिक आस्थाको धरोहर संरक्षण नभएको गुनासो गर्दै आधुनिक पक्की मन्दिर निर्माण गर्दा पुराना मन्दिरलाई वचाएर वाहिरी भागवाट भवन वनाएको खण्डमा धार्मिक आस्थाको महत्व थप वढ्ने स्वतन्त्र पत्रकार डिआरजी सुमनको सुझाव थियो ।
मन्दिर निर्माण कार्यमा आर्थिक तथा भौतिक सहयोग गर्ने दाताहरुलाई सम्मान पत्र र फ़ुलमालाले सम्मान गरिएको थियो । स्थानीयहरुको वाक्लो उपस्थिति रहेको कार्यक्रम मन्दिर प्रगाढ़मा उत्साह पुर्वक संचालन भएको थियो ।
सितगंगा नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारीको प्रमुख आथित्यता रहेको कार्यक्रममा ५ नं वडा अध्यक्ष कमल पौडेल,वडा सदस्य छविलाल पौडेल,अर्घाखाँची डटकम् समाचार सम्पादक एवं व्युरो प्रमुख डिआरजी सुमन,स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला कार्य समिती सदस्य जनक पाण्डे,स्थानीय समाजसेवी तथा नागरिकको उपस्थितीमा सम्पन्न कार्यक्रमको संचालन वेद प्रसाद पौडेलको संचालनमा सम्पन्न भएको थियो  । 
फोटो फिचर : डिआरजी सुमन/अर्घाखाँची डटकम्

अन्य समाचारहरु