अर्घाखाँचीडट्कम संवाददाता
औबल, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं. ४ धारापानीको औबलमा जवरजस्ती करणी तथा महिला हिंसा सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया कार्य्रक्रम सम्पन्न भएको छ ।
प्रहरी चौकी धारापानी अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार औबलमा स्थानियवासी, बुद्धिजिवी, युवा, महिला तथा बालबालिकाको उपस्थितीमा प्र.स.नि.कर्ण बहादुर थापाले जवरजस्ती करणी तथा महिला हिंसा सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो ।