सुवर्णखालका भालुकाे आक्रमणमा परि घाइते अधिकारीलाई डिभिजन वन कार्यालय अर्घाखाँचीद्वारा राहत प्रदान

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची  जिल्ला शितगंगा नगरपालिका वडा नं. १ सुवर्णखाल निवासी धनसिं अधिकारीलाई डिभिजन वन कार्यालय अर्घाखाँचीद्वारा राहत प्रदान गरिएकाे छ  । 
उनी गत जेष्ठ २५ गते वडा नं.१३ मा पर्ने नजिककाे जङ्गल मा घाँस काट्न गएकाे बेला भालुकाे आक्रमणमा परि घाइते भएमा थिय । अाक्रमणमा परेपछि सहयाेगकाे लागि प्राप्त निवेदन र स्वास्थ्य रिपोर्ट अनुसार  राहत समितिले  उनलाई सहयाेगकाे लागि वाँके राष्ट्रिय निकुञ्ज  बाँके अाेभरिमा सिफारिस गरि पठाएको थियाे ।
सिफारिस पछि प्राप्त रकम रू .१,६३,५५४ /- (एक लाख त्रिसट्ठी हजार पाँच सय चाैवन्न ) रूपिया एक कार्यक्रम विच डिभिजन वन अधिकृत शिव प्रसाद शर्मा ले घाइते धनसिं अधिकारी लाई प्रदान गर्नु भएको छ ।
 सितगंगा नगरपालिकामा गत बर्ष वडा नं. १०  मा भालुकाे आक्रमणमा परि ३ जना घाइते भएका थिय  भने  साेहि  नगरपालिका वडा नं.१४ मा चितुवाकाे अाक्रमणमा परि १ जना घाइते परेकाे थिए । घाइते सबै जनालाई त्यतिबेला पनि राहत बितरण गरियकाे डिभिजन बन अधिकृत सिब सर्माले  जानकारि  दिनु भएको  छ ।

अन्य समाचारहरु