(प्रकासित मिती: २०७६ कार्त्तिक ६, बुधवार)
अर्घाखाँचीडट्कम संवाददाता
बुटवल, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ अर्घाको चप्रुङका एक युवाको रुपन्देहीको सालझन्डीमा मोटरसाइकल दुर्घट्नामा परि निधन भएको छ ।
अर्घाको चप्रुङका ३१ वर्षिय सोमनाथ पौडेलको मंगलवार रुपन्देहीको सालझन्डीमा मोटरसाइकल दुर्घट्नामा परि निधन भएको हो ।
अर्घा घर भई रूपन्देहीको बुटवल बेलबासमा बस्दै आएका पौडेलले चलाएको लु २० प ९३२३ नम्बरको मोटरसाइकल रोकिराखेको ना ६ ख ६१०२ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको थियो। दुर्घटनामा परि गम्भीर घाईते भएका पौडेलको अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मंगलबार मृत्यु भएको सालझन्डी प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।