अर्घाखाँचीका कृषकहरु व्यवसायीक तरकारी खेतीमा आकर्षित

शोभाखर पन्थी
 सन्धिखर्क, अर्घाखाँची / कार्तिक ६  । अर्घाखाँची जिल्लाका कृषकहरु व्यवसायीक तरकारी खेतिमा आकर्षित भएका छन् ।
 सिलसिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बीउ,मल,कृषि उपकरण तथा प्राविधिक सहयोग उपलव्ध गराए पछि यहाँका कृषकहरू व्यवसायीक कृषिमा आकर्षित भएका हुन् ।
सहकारीले सन्धिखर्क नगरपालिका तथा भुमिका स्थान नगरपालिकाका विभिन्न वडामा ज्ञानमा आधारित एकीकृत दीगो कृषि नेपाल किसान २ परियोजनाको सहयोगमा २० वटा समूह निर्माण गरि सहयोग गर्दै आएको छ । 
प्रत्येक समुहले सामुहिक रुपमा नमुना तरकारी खेति गर्नुका साथै व्यक्तिगत रुपमा समेत व्यबसायीक तरकारी खेति गरि मनग्य आम्दानी लिन सफल भएका छन् ।
सहकारीमा आबद्ध ५ सय घरपरिवार लाई व्यवसायीक बनाउने तयारी रहेको संस्थाका कृषि प्राविधिक लक्ष्मण नेपालीले बताउनुभयो ।

अन्य समाचारहरु