श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची कात्तिक ७ । अर्घाखाँची समाज जापानद्वारा अर्घाखाँची अस्पताल सन्धिखर्कलाई बिहिबार एक कार्यक्रमका बिच बिभिन्न सामाग्रीहरु हस्तान्तरण गरीएको छ ।
रोजगारीको शिलसिलामा जापानमा बस्ने अर्घाखाँची बासीहरुको साझा संस्था अर्घाखाँची समाज जापानको बिशेष पहलमा अस्पताललाई करीब २ लाख ५० हजार बराबरका सामाग्रीहरु हस्तान्तरण गरीएको हो ।
अस्पतालामा आबश्यक पर्ने सेमिडिलक्स बेड ६ थान, बेड साईड लकर ६ थान, थ्री सिटर चेयर ४ थान र तातो चिसो पानी आउने वाटर डिस्पेन्सर १ थान समाजका उपाध्यक्ष कृष्ण केसीले अस्पतालका प्रमुख डा. जगनाथ तिवारीलाई हस्तातन्तरण गर्नुभएको हो ।
पत्रकार सहयोगी बिसीको सन्चालनमा सम्पन्न कार्यक्रममा मनतब्य राख्दै समाजका उपाध्यक्ष केसीले स्वास्थ्य र शिक्षा जनताको पहीलो आबस्यकता भएको भन्दै स्वास्थ्य र शिक्षा बिना बिकास सम्भब नभएको बताउनु भयो ।
अस्पतालका प्रमुख डा. जगनाथ तिबारीले समाजले गरेको उल्लेखनिय कार्यको मुक्त कण्ठले प्रसंशा गर्नुभयो ।
भिडियो:- https://youtu.be/S_ffrxYxIII