धारापानीमा भुमिकास्थान नगरपालिका वार्ड नं ३ नवनिर्मित भवनको उद्घाटन

 अर्घाखाँचीडट्कम संवाददाता

धारापानी, अर्घाखाँची कात्तिक ६ – भुमिकास्थान नगरपालिका वडा नं ३ धारापानीको नवनिर्मित भवनको बुधबार उद्घाटन गरिएको छ । भवनको नगरपालिकाका प्रमुख रेशम थापाले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।


कार्यक्रममा जग्गादाता बुद्धिराम खनाललाई नगरप्रमुख थापाले दोसल्ला ओढाएर सम्मान गरेका थिए । नवनिर्मित भवनको उद्घाटन गर्दै नगर प्रमुख थापाले भ्रष्टाचार मुक्त नगरपालिका बनाउने आफ्नो प्रतिवद्धता दोहोराएका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नारायण भण्डारी, वडा नं १० का अध्यक्ष खगेश्वर पन्थी, ९ का अध्यक्ष नारायण खनाल, ७ का अध्यक्ष तारा बहादुर मल्ल, वडा नं ४ का वडाध्यक्ष बाबुराम सुनार, वडा नं ६ का अध्यक्ष झविलाल बन्जाडे, राष्ट्रिय जनमोर्चाका नेता सागर केसी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम वडा अध्यक्ष बालकृष्ण बन्जाडेको अध्यक्षता र वडा सचिव देवराज श्रेष्ठको संचालनमा सम्पन्न भएको नयाँ एफ एमका प्रमुख हरि प्रसाद भुसालले जानकारी दिएका छन ।

अन्य समाचारहरु