अर्घाखाँचीडट्कम संवाददाता
हंसपुर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ८ हंसपुरकी एक युवती मृत फेला परेकी छिन् ।
मालारानी गाउँपालिका वार्ड नम्बर ८ हंसपुरकी २३ वर्षिया मुना रोका मृत फेला परेकी हुन् ।
केही समय अगाडि भुमिकास्थान नगरपालिका वार्ड नं १० धनचौरको खर्यानका खिम बहादुर बुढाथोकीसँग प्रेम बिबाह गरेकी उनको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परिएको प्रहरीले बताएको छ ।
प्रहरीले आत्महत्या हुनसक्ने बताएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ । घटनाको थप अनुसन्धान भाईइरहेको प्रहरीको भनाई छ ।