सन्धिखर्क, चुत्राबेसी बजार लगायत अर्घाखाँचीमा प्लास्टिकका कृतिम मालाको कारोबार बढ्यो, सयपत्री फूल लोप हुँदै (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको सन्धिखर्क, चुत्राबेसी बजार लगायत जिल्लाभर तिहारको चहलपहल शुरु भएसँगै विभिन्न किसिमका प्लास्टिकका फूलमालाले ढाकेको छ ।
सयपत्री र मखमलीको मालाभन्दा पनि प्लास्टिकका कृतिम मालाको कारोबार बढेको छ ।
तिहारलाई फूल बत्तिहरुको पर्व भनेर चिनिने गरेको भएपनि अर्घाखाँचीमा प्रत्येक वर्ष लाखौँ रुपैंयाँको प्लास्टिकको फूल र मालाको कारोबार हुने गरेको छ ।
अर्घाखाँचीमा हालसम्म पनि फूलको ब्यवसायिक खेती गरिएको छैन । अधिकांश पसलहरुमा बाह्य देशबाट आयातित प्लास्टिकका फूलमाला विक्री गर्न राखिएको छ ।
गाउँघरका करेसावारी तथा अन्य ठाउँमा ढकमक्क फुल्ने सयपत्री फूल अहिले देखिन छाडेको छ ।
कृतिम फूलको प्रयोगले तिहारको महत्वसमेत घट्दै गएको स्थानीय गुनासो गर्छन ।  
फोटो: हरि कुवर

अन्य समाचारहरु