सन्धिखर्क १ नं.मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वार्ड कमिटीकाे वैठक सम्पन्न (तस्बिर सहित)

अर्जुन भुसाल

सन्धिखर्क, अर्घाखाँची कार्तिक ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सन्धिखर्क १ नं.वडा कमिटीकाे वैठक सम्पन्न भएकाे छ ।
 नेकपाका जिल्ला अध्यक्ष तथा प्रदेश सांसद चेतनारायण अाचार्यकाे प्रमुख अातिथ्यतामा सम्पन्न बैठकमा जिल्ला कमिटी सचिव तथा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक, जिल्ला कार्यालय सदस्य तथा नगर कमिटी इन्चार्ज राजेन्द्र भुसाल, जिल्ला कमिटी सदस्य तथा नगर कमिटी अध्यक्ष श्रीकृष्ण भुसाल , नगर कमिटी सचिव  शिव अधिकारी, जिल्ला सदस्य  कृष्णहरि भुसाल,  शम्भु पाेख्रेल,   नगर कार्यालय सदस्य  विष्णु परियारले मन्तव्य राख्नु भएकाे थियाे । 
बैठकलाई सम्वाेधन गर्दै प्रमुख अतिथि अाचार्यले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्न निर्देशन दिँदै  सरकारले गरेका कामहरूकाे अध्ययन गर्दै प्रचार गर्न अाग्रह गर्नुभयाे । उहाँले प्रदेश सरकारबाट जिल्लामा  सवा अर्व वजेट विनियाेजन भई काम भइरहेकाे भन्दै जिल्लाबाट निर्वाचित सांसदहरू जिल्लाकाे विकासमा  निरन्तर रूपमा लागिपरेकाे बताउनुभयाे । उहाँले वर्तमान दुई तिहाईकाे सरकारले मुलुकलाई निकास दिएरै छाडने ठाेकुवा गर्दै सरकारले गरेका राम्रा कामहरूबाट अताल्लिएर प्रतिपक्षले सरकारका विरूद्ध कुप्रचार गरिरहेकाे जिकिर गर्नुभयाे । उहाँले अाफूहरूले जिल्लाकाे विकासका लागि कुनै कसुर बाँकी नराखेकाे बताउनुभयाे । अध्यक्ष अाचार्यले कुनै पनि सक्षम व्यक्ति पार्टीकाे जिम्मेवारीबाट अलग नहुने भन्दै छुटेका व्यक्तिहरूलाई  उचित जिम्मेवारी प्रदान गरिने बताउनुभयाे । उहाँले कम्युनिष्ट पार्टीका सदस्यहरूले पार्टी सदस्यता शुल्क तिर्न कन्जुस्याई गर्न नहुने बताउँदै सम्पन्न शाली व्यक्तिहरूले  नै शुल्क तिर्न अानाकानी गरेकाे पाइएकाे बताउनुभयाे । उहाँले अानीवानी अाचरणलाई शुद्ध राख्दै क्षमतावान र सक्षम व्यक्ति बन्न नेताकार्यकर्तालाई अाग्रह गर्नुभयाे ।   
पार्टी सचिव  विकले  ठूला दुई कम्युनिष्ट पार्टीहरू मिलेर बनेकाे विशाल कम्युनिष्ट पार्टीलाई कमजाेर बनाउन  चाैतर्फी हमला भईरहेकाले सचेत भएर अघि बढनु पर्ने बताउनुभयाे  । उहाँले पार्टी र सरकारका विरूद्ध भइरहेका गतिविधिहरूलाई दृढता पूर्वक प्रतिवाद गर्न सुझाव दिँदै पार्टी बलियाे भएमा मात्र व्यक्ति बलियाे बन्न सक्ने बताउनुभयाे । उहाँले विकास निर्माणका कामलाई  पारदर्शीताका साथ सम्पन्न गरेर जनताकाे मन जित्नु पर्ने अाैंल्याउनुभयाे । 
कार्यक्रममा पाणिनि क्याम्पस टाेल कमिटीका अध्यक्ष शाेवबहादुर  खत्री, पटुवाथुम टाेल कमिटीका अध्यक्ष विष्णु श्रेष्ठ, तुमकाेट टाेल कमिटी  अध्यक्ष सुरज चुदालीले टाेल कमिटीले गरेका गतिविधिका बारेमा रिपोर्टिङ गर्नुभएकाे थियाे । बैठकले टाेल कमिटीका इन्चार्जहरू र विभिन्न जनवर्गीय संगठनका इन्चार्जहरू चयन  गरेकाे छ ।   पटुवाथुम टाेल कमिटी इन्चार्जमा सुनिता श्रेष्ठ, तुमकाेट टाेल कमिटीमा नेत्र प्रसाद भुसाल , सन्धिखर्क टाेल कमिटीमा खेतुलाल उपाध्याय, पाणिनि टाेल कमिटीमा  माेतिलाल खनाललाई चयन गरेकाे छ । यस्तै  विद्यार्थी इन्चार्जमा उमेश पराजुली,  युवा इन्चार्जमा सन्ताेष बस्नेत,  महिलामा हरिकला पराजुली, दलित मुक्तिमा अशाेक गहतराज र  किसानमा लाल बहादुर भुसाल लाई चयन गरिएकाे छ । 
कार्यक्रम वडा नं.१ का अध्यक्ष लक्ष्मण पराजुलीकाे अध्यक्षता र सचिव प्रकाश भुसालकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

अन्य समाचारहरु