भूमिकास्थान नगरपालिकाद्धारा योजना संझौता कार्यलाई तीव्रता

अर्घाखाँचीडट्कम संवाददाता 
भूमिकास्थान  (अर्घाखाँचीडट्कम) कार्तिक ८ । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका अर्घाखाँचीले कार्तिक ७ गतेदेखी वार्ड स्तरका उपभोक्ता समिति मार्फत संचालन हुने योजनाहरुको संझौताको कार्यलाई तीव्रता दिएको छ । योजनाहरुको संझौताको कार्यमा उपभोक्ता समितिहरुले बिगतका दिनहरुमा भोग्नु परेको समस्यालाई हृदयंगम गर्दै यसबर्ष देखी नगरपालिकाले वडास्तरमै गई उपभोक्ता समितिसंग योजनाहरुको संझौताको कार्य गर्ने निर्णय गरेको हो । जस अनुसार सुरुको दिनमै नगरपालिकाले वडानम्बर ५ का ११ बटा योजनाको संझौताको कार्य सम्पन्न गरेको छ ।
नगरपालिकाका १० वटै वडाहरुमा यसरी नै छिट्टो भन्दा छिट्टो योजना संझौता गरी यस आ.ब मा नगरका सबै योजना निर्माणको कार्यलाई तदरूपताका साथ अघि बढाउदै चैत्र मसान्त सम्ममा सबै योजनाहरुको निर्माणकार्य समयमै सम्पन्न गर्ने नगरपालिकाको लक्ष्य रहेकोले यसरी फिल्डमै उपस्थित भई योजना समझौताको कार्य प्रारम्भ गरिएको नगर प्रमुख रेशम थापाको भनाई रहेको छ ।
बिगतका बर्षहरुमा उपभोक्ता समितिहरुले भोगेको दुःख देखेर यो बर्ष हामिले योजना समझौतालाई सरल, सहज र प्रभाबकारि बनाउन यो कदम चालेका हौ भन्नुहुन्छ नगर उप प्रमुख खडानन्द बेल्बासे ।
गाऊँ गाऊँमा सिंहदरबारको अनुभूति हुनेगरी समृद्ध नगर र सुखी नगरवासी बनाउदै राष्ट्रले लिएको लक्ष्य सुखी नेपाली सम्बृद्ध नेपालको सपना साकार पार्न उपभोक्ताहरु पनी आआफ्नो तर्फबाट लाग्नू पर्ने र उपभोक्ता समितिहरु पारदर्शी भए मात्रै त्यो संभव हुने हुदा उपभोक्ता समितिहरुले पारदर्शी ढंगबाट समयमै काम सम्पन्न गरेर भूक्तानी लीन नगरपालिकामा आउन सकुन भन्ने सोंचका साथ समयमै संझौताको कार्यलाई वडास्तरमै उपस्थित भई अघी बढ़ाईएको भूमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
बिहिबार भूमिकास्थान नगरपालिका वार्ड नम्बर ५ का ११ वटा योजना संझौता संगै उपभोक्ता समितिका पदाधिकारीहरुलाई भूमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारी, कार्यक्रम अधिकृत हरीशचन्द्र भुसाल र ईन्जिनीयर कुलानन्द बन्जाड़ेले स्पोर्टमै ब्याबहारिक ढंगबाट तालीम समेत प्रदान गर्नु भएको हो । यसबाट उपभोक्ता समितिहरु अझ बढी दक्ष हुने र समयमै काम सम्पन्न गर्ने नगरपालिकाको बिस्वास रहेको छ ।
यसरी फिल्डमै उपस्थित भएर एक दिनमै ११ वटा योजना समझौता गरिदिएकोमा भूमिकास्थान नगरपालिका वार्ड नम्बर ५ का वार्ड अध्यक्ष तुल्सीराम बन्जाडे लगायतका जनप्रतिनिधीहरुले खुशी व्यक्त गरेका छन ।
योजना संझौताको कार्यलाई सरल बनाउन भूमिकास्थान नगरपालिकाका कम्प्यूटर अपरेटरद्वय शेषकान्त घिमिरे र नारायण प्रसाद बन्जाडे, स.म.बि.नि शान्ता आचार्य, कृषि प्राविधिक ज्योती भट्टराई, सेन्चुरी कर्मसीयल बैंकका कर्मचारी सृजना पोख्रेलले निकै महत्वपूर्ण भूमिका निर्बाह गर्नु भएको भूमिकास्थान नगरपालिकाका कम्प्यूटर अपरेटर शेसकांत घिमिरेले जानकारी दिनु भयो ।

अन्य समाचारहरु