सन्धिखर्कमा प्रजिअ पौडेलद्धारा सरकारी कार्यालयको गतिबिधी निरिक्षण (तस्बिर सहित)

श्याम घिमिरे
सन्धिखर्क, कात्तिक ७ अर्घाखाँची । अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले सदरमुकाम सन्धिखर्कमा रहेका बिभिन्न सरकारी कार्यालयहरुको गतिबिधि र कार्यसम्पादनको बारेमा बिहिबार निरीक्षण एवं अनुगमन गर्नुभएको छ । 
प्रजिअ पौडेलले पहिलो चरणमा नापी कार्यालय र कृषि ज्ञान केन्द्रको अनुगमन गर्नुभएको हो ।
निरीक्षणको क्रममा कार्यालयको सरसफाइ, कोठा व्यवस्थापन, ले आउट , बिदा र काज बस्ने शैली, सुचना अधिकारी , गुनासो सुन्ने अधिकारी, नागरिक बडापत्र, कर्मचारीले लगाउने ड्रेसको पालना लगायतका विषयमा के कसरी व्यबस्थापन भएको छ भन्ने कुरामा बस्तुगत निरीक्षण गरेको प्रजिअ पौडेलले जानकारी दिनुभयो । यो क्रम निरन्तर रहने पौडेलले बताउनु भयो ।

अन्य समाचारहरु