श्याम घिमिरे
गोखुङ्गा, अर्घाखाँची कार्तिक ८ । अर्घाखाँचीको भूमेदह युवा क्लव मालारानी ९ गोखुङ्गाको आयोजनामा खुल्ला क्रिकेट प्रतियोगीता सुरु भएको छ ।
मालारानी ९ सैरीपोखरीमा रहेको खेल मैदानमा एक कार्यक्रमका बिच सुक्रबार प्रतियोगीताको मालारानी ९ का वडाअध्यक्ष फनबहादुर पुनले उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दे पुनले खेल क्षेत्रको बिकासको लागी वडा कार्यालय सधै लागी परीरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अन्य भौतिक बिकास संगै खेलक्षेत्रलाई पनि संगसंगै लैजानुपर्नेमा जोड समेत दिनुभयो ।
क्लबका अध्यक्ष बासुदेब पन्थीको अध्यक्षता,उपाध्यक्ष सुदिप पन्थीको स्वागत मनतब्य र सचिब हरी प्रसाद खनालको सन्चालनमा सुरु भएको प्रतियोगीतामा कुल १५ टिमको सहभागीता रहेको आयोजकले जनाएको छ । यसैबिच सुक्रबार सम्पन्न २ खेलमा भुमेदह क्रिकेट टिम र म्यालपानी क्रिकेट टिमलाई हराउदै पोखरी क्रिकेट टिम प्युठान र ईनरजेटीभ क्रिकेट टिम प्युठान बिजयी भएका छन । बाँकी खेल सनिबार बिहान देखी सुरुहुने जनाईएको छ ।
प्रतियोगीतामा बिजेताहुने टिमलाई नगद रु २० हजार र उपबिजेता हुने टिमलाई १० हजार नगद सहीत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गुर्नका साथै उत्कृष्ट व्याट्सम्यान र उत्कृष्ट वलर पुरस्कार समेत प्रदान गरीने क्लबका अध्यक्ष बासुदेब पन्थीले जानकारी दिनुभयो ।