धनचौरमा सामुहिक युवा क्लबको आयोजनामा क्रिकेट प्रतियोगिता सम्पन्न

हृदय भुसाल 
धनचौर, कात्तिक ९, अर्घाखाँची । युवाका लागी खेलकुद भन्ने मुलनाराका साथ सामुहिक युबा क्लब भुमीकास्थान नगरपालिका १० धन्चौरको आयोजना मा खुल्ला क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिताका बिजय खेलाडी लाई पुरस्कार प्रदान गर्दै नगर प्रमुख रेशम थापाले खेलकुदको बिकासको लागी आर्थिक बजेट बिनियोजन गरि नगरपालिकाले योजना बनाएको भन्दै प्रमुख अतिथि समेत रहनु भएका थापाले खेलकुदले रास्ट्रलाई नै चिनाउदै गएको रास्ट्रका लागी र स्वास्थका लागी खेलकुद अनिवार्य थापाले युवाहरुको माग लाई सम्बोधन गर्न सधै तयार भएको बताउनु भयो । प्रतियोगितामा वाड अध्यक्ष खगिशोर पन्थी वाड सदस्य जनक गैरे टामलाल भट्टराई नेकपा धनचौरका सचीव प्रेम भट्टराई पत्रकार हृदय भुसाल समाजसेवी कृष्ण हमाल टीका केसी लगाएतले सुभकामना व्यक्त गर्नु भएको थियो ।
खुल्ला प्रतियोगितामा बिजेता आयोजक सामुहिक क्लब लाई खसी नगद आकर्षक मेड्ल र प्रमाण पत्र उपबिजेता सेबेन स्टार युवा क्लब नुवाकोट लाई नगद आठ हजार आकर्षक मेड्ल प्रमाणपत्र साथै उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरिएको अरुण घमले बताउनु भयो । कार्यक्रम क्लबका अध्यक्ष खुम बहादुर गुरुङको अध्यक्षता सचिव नवीन घमको संचालन उपाध्यक्ष बिजय गैरेको स्वागत मनतब्य सम्पन्न भएको छ।

अन्य समाचारहरु