अर्घाखाँची जिल्ला सम्बृर्द बनाउन एकजुट भएर लागौ : टोपबहादुर रायमाझी

सूर्य भुसाल
पाणिनि, अर्घाखाँची । नेपाल कम्युनिष्ट पाटी नेकपा स्थायी कमिटि सदस्य तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले प्रतिपक्षी अत्तालिएको बताउनुभएको छ ।
नेकपा पाणिनि गाउँपालिका कमिटिले आयोजना गरेको दिपावली, छठ, नेपाल सम्बत लगायतका चाडको अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान तथा पुनर्मिलन कार्यक्रममा नेकपाका नेता रायमाझीले कांग्रेस अपराध, भष्टाचार, कुरिति, कुस्सकारको संरक्षणमा लागेको तर नेकपाको सरकारले त्यसको अन्त्य गर्दा प्रतिपक्षी अत्तालिएको बताउनुभयो ।
उहाँले देशमा यतिवेला ठुला ठुला अपराधका पिडितहरूले न्याय पाउन थालेको भन्दै सरकारले चालेका राम्रा कार्यहरू सरकारबिरोधीका लागि असैह्य भएको बताउनुभयो । रायमाझीले पाणिनि तपोभुमिलाई पर्यटकीय गन्तब्यको रूपमा विकास गरि शिक्षा, स्वास्थ्य, पर्यटन कृषि क्षेत्रको प्रबर्द्धनमा लाग्ने बताउनुभयो । साथै उहाँले पाणिनि ३ वरकारूखमा रहेको खेल मैदान निर्माणका लागि २० लाख रकम बिनियोजन गरिने बताउनुभयो ।
नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नजिर मियाले नेकपाले लिएको समृद्धिको बाटो अन्तराष्ट्रिय स्तरमा समेत प्रसंसाको बिषय बनेको बताउनुभयो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा ५ नम्बर प्रदेश सदस्य दधिराम न्यौपाने, नेकपाका नेता तथा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, नेकपा ५ नम्बर प्रदेश सचिवालय सदस्य प्रदेश सभा सदस्य तथा जिल्ला अध्यक्ष चेतनाराय आचार्य, प्रदेश कमिटि सदस्य तथा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, प्रदेश कमिटि सचिवालय सदस्य तथा जिल्ला सचिव ठाकुर कुमार बिकू किशोरू ,प्रदेश कमिटि सदस्य तथा क्षेत्र नं २ इन्चार्ज तोजबहादुर रायमाझी लगायतले शुभकामना मन्तब्य दिदै नेपाली चाडपर्वले जनतालाई एकजुट हुने अवसर प्राप्त भएको बताउदै यो कार्यक्रमले पार्टी लाई थप उर्जा प्रदान गरेको बताउनु भयो ।
त्यस्तै नेकपा २ नं क्षेत्रिय अध्यक्ष तथा जिल्ला कार्यालय सदस्य जिवनारायण कोइराला, नेकपा जिल्ला कमिटि सदस्य तथा पाणिनि गाउपालिका उपाध्यक्ष लक्ष्मी गौतम, प्रेश संगठनका नेता हिमबहादुर जिसी लेकाली लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा नेकपा पाणिनि गाउपालिका कमिटि अध्यक्ष कमल घिमिरेको अध्यक्षता, सचिव जीवलाल घिमिरेको सञ्चालन र गाउपालपका इन्चार्ज बाबुराम घिमिरे भुवनको स्वागत मन्तब्य रहेको थियो । कार्यक्रममा हजारौं नेता तथा पाटी कार्यकर्ताको उत्साहजनक उपस्थिति रहेको थियो ।
सोही अवसरमा नेपाली कांग्रेस लगायतका बिभिन्न पाटी परित्याग गरि नेकपामा प्रवेश गर्ने एक दर्जन बढि कार्यकतालाई प्रमुख अथिति टोपबहादुर रायमाझीले पाटी प्रवेश गराउनुभएको थियो । सोही अवशरमा विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै भरत पुनको अध्यक्षतामा पाणिनि खेलकुद क्लवको गठन समेत गरिएको थियो ।

अन्य समाचारहरु