नरपानीको ॐ श्री कृष्ण गौशालामा गोबर्धनको पुजा गरियो

 अशोक खनाल 
नरपानी, अर्घाखाँची । ॐ श्री कृष्ण गौशाला नरपानीमा गोबर्धनको पुजा गर्दै गौमाताहरु लाई नुन नैबेद खुआइ टीका र माला लगाइदिदै गौमाता हरुको एक कार्यक्रम बिच पुजा आराधना गरिएको छ।
अर्घाखाँची जिल्ला का माननीय प्रदेश सभा सदस्य हरु चेतनारायण आचार्य ,रामजी प्रसाद घिमिरे ,सन्धीखर्क नगरपालिका उप प्रमुख ठाकुर कुमार बिक सन्धिखर्क नगरपालिका वडा न. ६ का अध्यक्ष कृष्ण आचार्य ३ का वडा अध्यक्ष लिलाराम गौतम १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुदाली, १ का काबा अध्यक्ष लक्ष्मण पराजुली समाजसेबी बसन्त प्रसाद भुसाल ,गोबिन्द आचार्य ,राम बहादुर बस्नेत पत्रकार महासंघ प्रदेश सदस्य शोभाखर पन्थी ,अशोक खनाल महासंघ जिल्ला सह सचिब अनिल नेपाली ,पत्रकार धनश्याम पौडेल लगायत स्थानीय बासिहरुको उपस्थिति रहेको थियोे ।
सन्धिखर्क नगरपालिका वडा न. ६ को नरपानी मा रहेको उक्त गौशाला मा रहेका गौमाता को संरक्षण को लागि निर्वाचन क्षेत्र बिकास कोष बाट रु २० लाख बिनियोजन गरिने प्रतिबद्धता माननीय प्रदेश सदस्य हरुले ब्याक्त गर्नुको साथै गौसाला सन्चालानार्थ को लागि सन्धिखर्क १ निबासी भोजराज भुसालको नाम बाट उहाका छोरा वसन्त भुसाल ले रु १लाख १ हजार नगद गौसाला ब्याबस्थापन समितिका अध्यक्ष नारायण प्रसाद खनाल लाई हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रम गौशाला ब्याबस्थान समिति का अध्यक्ष नारायण प्रसाद खनाल को अध्यक्षता र पदम केसिको सन्चालन मा सप्पन्न भएको थियोे ।
कार्यक्रम समापन प्रश्यात माननीय प्रदेश सभा सदस्य हरुले गौमुत्र प्रसोधन समेतको निरीक्षण गर्नु भएको थियो ।

अन्य समाचारहरु