सन्धिखर्कमा नेपाल संवत् ११४० को अबसरमा र्याली तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची कार्तिक ११ । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेवार समुदायले मनाउने नेपाल संवत् (नयाँ वर्ष) ११४० को अबसरमा र्याली तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । 
नेपाल संवत् ११४० न्हुदँ समारोह समिति अर्घाखाँचीले यही कात्तिक १२ गते नेपाल संवत् कार्यक्रमलाई विशेष उत्सवका रुपमा मनाउदै छ । 
अर्घाखाँचीमा आ–आफ्नो टोल शहरमा नयाँ वर्षको प्रचारका लागि दीप प्रज्वलन, सुकुन्दा र्‍याली, खेलकूद कार्यक्रम आयोजना गरिएको छ ।
यस वर्ष तिथि–मिति घटबढ भएका कारण यही कात्तिक १३ गते नेवार समुदायलाई भाइटीका मनाउन सरकारले सार्वजनिक बिदा दिएको छ ।

अन्य समाचारहरु