धारापानीमा राष्ट्रिय जनमोर्चाकी सदस्य हिमकला बन्जाडेको निधन, स्व.बन्जाडे प्रति राजमोद्धारा अन्तीम श्रद्धाञ्जली

श्याम घिमिरे
गच्छेघाट, अर्घाखाँची कात्तिक १० ।   भुमिकास्थान नगरपालीका वडानम्वर ३ धारापानी निबासी राष्ट्रिय जनमोर्चाकी सदस्य हिमकला बन्जाडेको ८८ बर्षको उमेरमा आफ्नै निबास आईतबार दिउँसो निधन भएको छ । 
मृतक बन्जाडेको पार्थविक शरीरमा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य यमलाल पोख्रेलले पार्टीको भण्डा ओढाएर अन्तीम श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । 
सन्धिखर्कको गच्छेघाटमा आयोजीत श्रद्धाञ्जली कार्यक्रममा मनतब्य राख्दै राजमो जिल्ला सचिब बाबुराम पन्थी सुनारले समाज रुपान्तरमा सक्रिय भुमिका निर्बाहगर्नुभएकी बन्जाडेको निधनले सिंगो पार्टीलाई अतुलनिय क्षती पुगेको भन्दै बन्जाडेले देखाएको बाटोमा लाग्न सबैलाई आग्रह समेत गर्नुभयो । 
पशुपति बन्जाडेको सन्चालनमा सम्पन्न कार्यक्रममा राजमो नेता सागर केसी,गोबिन्द बिसी,पशुपति ढकाल लगायतका नेता कार्यकर्ताहरुले अन्तीम श्रद्धाञ्जली अर्पण गनुभएको हो ।

अन्य समाचारहरु