नरपानीमा एक दिने नि:शुल्क स्वास्थ शिबिर सन्चालन

अशोक खनाल 
नरपानी, अर्घाखाँची । रोटरी क्लब महाराजगन्ज ,रोटरी क्लब न्युयोर्क अमेरिका रोटरी क्लब साउथ South Hampton अमेरिका , रोटरी क्लब  New Jersey USA तथा रोटरी क्लब अफ अर्घाखाँची को सम्यन्यव मा एक दिने निशुल्क स्वास्थ शिबिर अर्घाखाँचीको नरपानीमा सन्चालन भइ रहेको छ।
शिबिरमा स्वदेश तथा बिदेश का गरि ५५ जना डाक्टर हरुले सेवा प्रदान गरि रहेका छन।उक्त शिबिरमा रोटरी क्लब अफ अर्घाखाँची का अध्यक्ष हरि दमासे ,पिताम्बर भुसाल ,गोपाल पन्थी , लिलाराम गौतम ,काशी बस्याल,कृष्ण प्रसाद भुसाल,,हिराधर आचार्य ,बिष्णु प्रसाद आचार्य ,तिर्थराज घिमिरे ,शम्भु के.सि.,रजब मिया लगायत्को उपस्थिति रहेको छ।
शिबिरको सन्धीखर्क नगरपालिका का कार्यबाहक नगर प्रमुख ठाकुर कुमार बिक ले अबलोकन गर्नु भएको थियोे भने शिबिर को ब्याबस्थापन सन्धीखर्क नगरपालिका वडा न. ६ का वडा अध्यक्ष कृष्ण बहादुर आचार्य ले गरिरहनु भएको छ।
शिबिरमा बाह सय भन्दा बढी सेबा ग्राहि ले सेवा लिने वडा अध्यक्ष आचार्य ले बताउनु भएको छ।