चुत्राबेशीमा त्रिबेणी बचत तथा ऋृण सहकारी संस्था लिमिटेड आठौं बार्षिक सधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न (तस्बिर सहित)

श्याम घिमिरे
चुत्राबेशी, अर्घाखाँची असोज, १६ – अर्घाखाँची जिल्लाको चुत्राबेशीमा  त्रिबेणी बचत तथा ऋृण सहकारी संस्था लिमिटेड सन्धिखर्क २ चुत्राबेसीको आठौं बार्षिक सधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ । 
सो अवसरमा सन्धिखर्क नगरपालीका उपप्रमुख ठाकुर कुमार बिकले सहकारीको बिकासका लागी डिपिआर तयार गरेर अगाडी बढ्नुपर्ने बताउनु भएको छ । मस्तिष्कमा समझदारी ,काधँमा जिम्मेवारी, हृदयमा ईमान्दारी भन्ने मुल नाराका साथ सनिबार सदरमुकाम सन्धिखर्कमा सम्पन्न त्रिबेणी बचत तथा ऋृण सहकारी संस्था लिमिटेड सन्धिखर्क २ चुत्राबेसीको आठौं बार्षिक सधारण सभा तथा पाँचौं अधिवेशनको उद्घाटन गर्दे उपप्रमुख बिकले यस्तो बताउनु भएको हो ।
सहकारीको माध्यमबाट बेरोजगार युबाहरुलाई कसरी रोजगार दिलाउन सकिन्छ भन्ने बिषयमा ब्यापक छलफलगरी योजना बनाएर अगाडी बढ्ेमा सहकारीको ब्यापकता अझ बढ्ने भन्दै बिकले स्थानिय स्तरमा उपलब्धहुने स्रोत साधनको प्रयोगगरी जिल्लालाई उत्पादन मुखी बनाउनुपर्नेमा जोड समेत दिनुभयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालीका वडानम्बर २ का वडाअध्यक्ष मोतिजंग रायमाझी, जिल्ला सहकारी संघका उपाध्यक्ष दोर्ण प्रसाद भुसाल, नेपाल पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जिसी लेकाली लगायतले कार्यक्रम सफलताको शुभकामना दिदै सहकारीले गरेको कामप्रती सम्मान एवं प्रशंसा ब्यक्त गर्नु भएको थियो । संस्थाका अध्यक्ष चन्द्रप्रसाद बन्जाडेको अध्यक्षता सदस्य कमलप्रसाद घिमिरेको स्वागत मन्तब्य र सचिब उत्तममणी मिश्रको सन्चालनमा सम्पन्न कार्यक्रममा सन्चालक समिति अध्यक्ष चन्द्र प्रसाद बन्जाडे, लेखा समिति संयोजक जिबनारायण खनाल र कार्यालय व्यवस्थापक तुल्सीराम खनालले संस्थाको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
 
कार्यक्रममा सामुदायीक र संस्थागत बिद्यालयबाट गत सालको एसईई परीक्षामा उत्कृष्ट जिपिए अंक ल्याउने २÷२ जना शेयर सदस्यका छोराछोरी,संस्था संग आबद्ध रहेका जेष्ठनागरीक खिमबहादुर केसी, संस्थालाई सहयोग गर्ने सहयोग दाता एवं संस्थापक अध्यक्ष गोबिन्द बिसी र सन्चारकर्मीद्धय प्रेमनारायण आचार्य र जितेन्द्र खत्रिलाई नगद प्रमाणपत्र र दोसल्ला ओढाई सम्मान गरीएको हो । २०६८ सालमा स्थापित संस्थामा हाल १ हजार भन्दा बढी शेयर सदस्यहरु आबद्ध रहेको सहकारीले जनाएको छ ।

अन्य समाचारहरु