श्याम घिमिरे
सन्धिखर्क , अर्घाखाँची कार्तिक १५ । अर्घाखाँची जिल्लामा सर्वाधीक पुरस्कार राशीको टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट आयोजना गरिने भएको छ ।
स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद र पर्यटन प्रबद्र्धनकालागी खेलकुद भन्ने मुल नाराका साथ स्थापीत अर्घाखाँची क्रिकेट संघको आयोजनामा यही कार्तिक १८ गते देखी सन्धिखर्कको टुडीखेल मैदानमा तेस्रो अर्घाखाँची प्रिमियर लिग (एपिएल) सन्चालन हुने भएको छ ।
सुक्रबार सन्धिखर्कमा पत्रकार सम्मेलन गरी खेलको तयारीको बारेमा जानकारी गराईएको हो । पत्रकार सम्मेलनमा संक्षिप्त रुपमा मनतब्य राख्दै संस्थाका अध्यक्ष रिषीकेश भट्टराईले जिल्लामा क्रिकेट खेलको बिकास गर्न र खेलकुदको माध्यमबाट ब्यक्तिको सर्बाङ्गीण बिकासमा महत्वपूर्ण भूमिका खेल्नको साथै अर्घाखाँची जिल्ला र देशलाई अन्तराष्ट्रीय स्तरमा समेत चिनाउनको लागी प्रतियोगीताको आयोजना गरीएको बताए । भट्टराईले खेलकुद क्षेत्रलाई अझबढी बिकसीत गरी अगाडी बढाउने आफ्नो संस्थाको मुख्य उद्धेश्य रहेको भन्दै खेलकुद कार्यलाई सबैले सहयोग र समर्थन गर्न आग्रह समेत गरे ।
कुल चार टिमको सहभागीता रहने प्रतियोगीताको बिजेतालाई रु १ लाख ५ हजार र उप बिजेतालाई ५५ हजार नगद सहित ट्रफि प्रमाण पत्र र मेडलको व्यवस्था गरीएको भट्टराईले जानकारी दिए । खेलमा बिभिन्न तिस वटा बिधाहरुमा आर्कषक पुरस्कारको व्यवस्था गरीएको पनि अध्यक्ष भट्टराईले बताए । प्रतियोगीतामा सुपर सुपा च्यालेन्जर्स,एम्स स्टार, नमस्ते अर्घाखाँची र रोयल सन्धिखर्क टिमको सहभागीता हुने छ ।