सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाल अभिभाबक महासंघको भेला शुक्रबार सम्पन्न भएको छ ।
भेलालाई सम्बोद्धन गर्दै नेपाल अभिभाबक महासंघका केन्द्रिय संयोजक धर्मदत्व देबकोटाले गुणस्तरीय शिक्षा कायम गर्नको लागी देश भरका अभिभाकहरुलाई एकजुट गराउने अभियान सञ्चालन गरेको बताउनु भयो । देबकोटाले नेपाल सरकारलाई ऐन नियम कार्यन्वयनको लागी रचनात्मक सहयोग गर्ने र शिक्षा क्षेत्रमा भएका बिकृती , बिसंगती , बेतिथीलाई नियुनिकरण गरि गरिब दुखी जनताहरुको पहुँचमा शिक्षालाई पुयाउन पहल गर्ने बताउनु भयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख तथा नेकपाका सचिब ठाकुर कुमार बि.क किशोर , नेपाली काग्रेसका सभापती बिष्णुप्रसाद खनाल मुस्कान , राष्ट्रिय जनमोर्चाका गोबिन्द बि.सी , नेपाल अभिभाबकका केन्द्रिय सदस्य लोकनाथ ज्ञवाली , पूर्ण चन्द्र पाण्डे , शिक्षा समन्वय ईकाई प्रमुख मणिराम पराजुली ,प्याबसन अर्घाखाँचीका अध्यक्ष मोहनराज भुसाल , अर्घाखाँची उमाबिका प्राचार्य श्रीकृष्ण भुसाल , पुस्तक तथा स्टेशनरी व्यबसायी महासंघ ५ नम्बर प्रदेश सचिब दोर्णप्रसाद भुसाल , नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिमलेकाली लगाएतले मन्तव्य राख्दै शिक्षा क्षेत्रको सुधार गर्नको लागी अभिभाकको चासो हुनुपर्ने भन्दै संगठित रुपमा आबाज बुलन्द गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
यस्तै अभिभाकको भेलाले रामबहादुर रायमाझी अध्यक्ष रहेको १९ सदस्य रहेको नेपाल अभिभाक महासंघ जिल्ला समिती गठन गरेको छ ।
कार्यक्रम प्रदेश अध्यक्ष हेमबहादुर थापाको अध्यक्षता ,सचिब झबिन्द्र पौडेलको सञ्चालन र स्वागत मन्तव्य प्रदेश उपाध्यक्ष रामबहादुर रायमाझिले गर्नु भएको थियो । भेलाले रामबहादुर रायमाझीको अध्यक्षतामा १९ सदस्य रहेको कार्यसमिती चयन गरेको जस्को उपाध्यक्षमा बाबुराम पन्थी , महिला उपाध्यक्षमा अबिना आचार्य ,सचिब चन्द्रमणि बेलबासे , महिला सचिब शिबकला बि.क , कोषाध्यक्ष जिबनारायण खनाल , सहसचिब चेतप्रसाद भट्राई लगाएका रहनु भएको छ ।