बसन्त खड्का
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोट भुजुङ्गेका मृगौला पीडित स्वप्पन नेपालीलाई राष्ट्रिय जनमोर्चा खाँचीकोटले देउसी भैलो खेली आर्थिक सहयोग गरेको छ ।
भुजुङ्गेका गणेश नेपालीका मृगौला पीडित छोरा स्वप्पन नेपालीलाई राष्ट्रिय जनमोर्चा खाँचीकोटले देउसी भैलो खेली पाँच हजार रुपैया आर्थिक सहयोग गरेको हो ।
राष्ट्रिय जनमोर्चाका नेता दिलदारले एक कार्यक्रमका बिच पीडितका दाजु बिजय नेपालीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो ।
दुवै मृगौला फेल भएर काम गर्न नसक्ने अवस्थामा रहेको हुँदा अहिले उनको बुटवलमा डायलसिस भईरहेको छ ।