अर्घाखाँचीडट्कम संवाददाता
सुवर्णखाल, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका १ सुवर्णखालमा नेपाली कांग्रेसको अगुवा कार्यकर्ता भेटघाट तथा सास्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस सुवर्णखालको आयोजनामा सम्पन्न अगुवा कार्यकर्ता भेटघाट तथा सास्कृतिक कार्यक्रम कांग्रेस नै परिवर्तन , बिकास र समृद्धिको सम्बाहक भएको हुदा सबै एकताबद्द भएर अघिबड्न नेता तथा कलाकारले आह्वान गरेका थिए।
कार्यकममा विभिन्न पार्टीको स्थानीय नेताले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए।