ढाकावाङ हाट बजारको खुल्ला देउसी भैलो प्रतियोगिता सम्पन्न

टेकराज भुसाल (टेकु) 
कार्तिक १६ अर्घाखाँची !  अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वाड नम्बर २ ढाकावाङमा रहेको ढाकावाङ्ग हाट बजार ब्यवस्थापन समितिले आफ्नो १५औं बार्षिक उत्सबको अबसर पारी कार्तिक १६ गते शनिबार खुल्ला देउसी/भैलो प्रतियोगिता सम्पन्न गरेको छ।
        उक्त देउसि/भैलो प्रतियोगितामा राष्ट्रिय जनमोर्चा भु•न•पा-३ धारापानीले प्रथम स्थान हासिल गरेको थियो भने          दोस्रो, राष्ट्रिय जनमोर्चा भु•न•पा-२ढाकावाङ्ग, तेस्रो क्षितिज युवा सञ्जाल भु•न•पा-२ र अखिल (छैठौं) र अखिल नेपाल युवक संघ भु•न•पा-२ले सान्त्वना स्थान हासिल गरेका थिए।
कार्यक्रम भु•न•पा-२ का वडा अध्यक्ष बुद्धि बहादुर थापाको प्रमुख आतिथ्य र ढाकावाङ्ग हाट बजार का अध्यक्ष भुवानन्द भुसालको अध्यक्षता, सह-सचिब तथा कार्यक्रम समयोजक खिम बहादुर राउतको सञ्चालन र कुमारी माया घर्ती स्वागत मन्त्वयमा सम्पन्न भएको थियो।

अन्य समाचारहरु