सुर्य भुसाल
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाका प्राबिधिक हरिषचन्द पान्डेले योजनाहरुको ब्यापक अनुगमन निरिक्षण गरेर गुणस्तरीय काम भए नभएको जाँच बुझ गरेर मात्र भुक्तानीका लागि गाउँपालिकालाई सिफारिस गर्ने गरेको बताउनु भएको छ ।
तत्कालिन जिल्ला बिकास समिति हालको जिल्ला समन्वय समितिको कार्यालयमा लामो समय सम्म काम गरेका पान्डे निकै मिहिनेती अनुशासित लगनसिल कर्मचारीको रुपमा परिचित छन ।
मुलुक संघियतामा गएपछि स्थानिय तहहरु बनेपछि मालारानी गाउँपालिकामा सरुवा तथा पदस्थापन भई गएका प्राबिधिक पान्डेलाई मालारानीका जनताहरुले निकै रुचाएका कर्मचारीहरुको सुचिमा पर्दछन ।
गाउँपालिकामा प्राबिधिकको दर्बन्दी कम तथा जनशक्ति निकै कम भौगोलिक हिसाबले धेरै काम हेर्नु पर्ने कारणले गर्दा प्राबिधिक रातदिन नभनी काममा खटिरहेको देखिन्छ ।
पान्डेसँगै त्यहाँका कर्मचारीहरु दिनरात गरेर काम गरिरहेका छन । योजना अधिकृत नेत्र प्रसाद खनाल, लेखा प्रमुख कृष्ण पान्डे लगायतका कार्यालयका कर्मचारीहरु दिनरात नभनि काममा खटिएका छन ।
मालारानी गाउँपालिमा दिन रात कर्मचारीहरुले काम गरेपनि कर्मचारीहरुलाई प्रोत्साहन भत्ताको ब्यबस्था भने नभएको बुझिएको छ । सन्धिखर्कबाट दिनहु कर्मचारीहरु मालारानी पुग्ने गरेका छन् ।
गाउँपालिका भएपनि प्राप्त भौतिक संरचना नहुँदा कर्मचारीहरु बस्ने ठाउँ नभएको कारण पनि कर्मचारीहरुलाई सन्धिखर्क बास बस्न आउनु पर्ने बाध्यता छ ।