अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची २०७६ कार्तिक १७ । प्रकाश सचेतन समूह ( प्राग) अर्घाखाँचीकाे आयाेजना, ग्लाेवल स्यानिटेसन फण्ड यू .एन . ह्याविटाटकाे सहयाेगमा सन्धिखर्ककाे हाेटल ओल्ड एभरेष्टमा सन्चालित ३ दिने प्रमुख प्रशिक्षक प्रशिक्षण तालिमकाे आईताबार समापन भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि ५ नं.प्रदेश सदस्य रामजी प्रसाद घिमिरे, विशिष्ट अतिथि मदन मल्ल यूएनहेविटाट अतिथिमा वासअफिसर दुर्गा नेपाल,मुख्य प्रशिक्षकमा हाेमनाथ आचार्य, यस्तै अतिथीमा शिवराज न्याैपाने यूएन हेविटाट जिल्ला संयाेजक लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमकाे सन्चालन प्रेम नारायण गैरे गर्नु भएको थियो ।
प्रमुख अतिथि रामजी प्रसाद घिमिरेबाट मन्तव्य सहित प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा आवश्यकिय सामाग्री प्रदान गरिएको थियो ।
युएन हेविटाटका मदन मल्ल, प्रशिक्षार्थी शितगंगा नगरपालिकाकी नरमायाँ सुवेदी, पाणिनि गाउँपालिकाबाट राम प्रसाद घिमिरे लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।