सुर्य भुसाल
आमडाँडा, वाङ्ला (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङ्लाको आमडाँडामा पत्रकार निम बहादुर रिजालले स्थापना गरेको बैकुण्ठपुरी संग्रहालयको उदघाटन कार्यक्रम सम्पन्न भएको छ ।
बैकुण्ठपुरी संग्रहालयको उदघाटन कार्यक्रममा सामाजिक बिकास मन्त्री मन्त्री सुदर्शन बरालले कला सस्कृति लोप हुँदै गएका हरेक संरचनाहरुलाई संरक्षण गर्दै सरकार अगाडि बढिरहेको बताउनु भएको छ ।
बैकुण्ठपुरी संग्रहालयको उदघाटन गर्दै मन्त्री रिजालले यस्ता खालका एतिहासिक सरचना निर्माण गर्ने सघ सस्थाहरुलाई सरकारले पनि आर्थिक सहयोग गरेर प्रोत्साहन गर्ने बताउनु भयो ।
मन्त्री बरालले यो संग्रहालय प्रदेसकै उत्कृष्ट संग्रहालय रहेको आफुले पाएको बताउदै अर्घाखाँचीमा बाहिरबाट आउने पर्यटकहरुको अब गन्तव्य बन्नेमा आफुहरु आशावादी रहेको बताउदै संग्रहालय स्थापना भन्दा यसको निरन्तरता चुनौतीपूर्ण रहेको बताउनु भयो ।
संग्रहालयमा मुलुकभरमा लोपोन्मुख हुन लागेका सबै खालका सामानहरु राखिएको छ भने हेर्न निकै आकर्षक छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा, सन्धिखर्क नगरपालिकाका कार्यबाहक नगरप्रमुख ठाकुर कुमार बिक, प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल, प्रहरी नायब उपरीक्षक प्रकास बिष्ट, प्रमुख अनुसन्धान अधिकृत बिनय चत्रुबेदी, नेकपाका नेता जनार्दन खनाल नेपाली काङ्ग्रेसका नेता सफर मिया, रोटरी क्लबका गोपाल पन्थि लगायतले मन्तब्य राखेका थिए ।
पत्रकार महासघका पुर्ब सभापति बरिश्ठ पत्रकार बिस्नु प्रसाद भुसाल पत्रकार महासघका जिल्ला अध्यक्ष हिम जिसी पत्रकार महासघका प्रदेस सदस्य प्रेमनारायण आचार्य, पत्रकार सहयोगी बिसि लगाएको उपस्थिति रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले बैकुण्ठपुरी संग्रहालय नेपालकै नमुना सघ्राहालय बनाउन शुभकामना दिएका थिए ।
कार्यक्रम पत्रकार महासघका पुर्ब सभापति तथा बैकुण्ठपुरी संग्रहालयका सन्चालक निम बहादुर रिजालको अध्यक्षतामा सम्पन्न भएको हो ।