सन्धिखर्कमा निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयको ब्यबस्थापन समितीको भेला तथा अभिभाबक भेला सम्पन्न

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयको ब्यबस्थापन समितीको भेला तथा अभिभाबक भेला   सम्पन्न भएको छ  ।
भेलाले अभिभावक  लेख नारायण पराजुलीको अध्यक्षतामा नयाँ ब्यबस्थापन समिति गठन गरेको बिधालयका प्रअ कमला भुसालले जानकारी दिनु भयो । 
कार्यक्रम बिद्यालयका  प्रधानध्यापक, कमला भुसालको स्वागत मन्तब्य, शिक्षिका पुस्पा खनालको संचालनमा सन्धिखर्क नगर शिक्षा प्रमुख  युगल नारायण  बस्यालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका वार्ड नम्बर १  का वार्ड  प्रतिनिधि बल बहादुर बिसीले मन्त्यब्य राख्दै फरक  क्षमता भएका बालबालिकाहरुको स्वास्थ लाभ  बौद्धिक  बिकास को कामना, साथै यो विशेष  बिद्यालयको उनत्ती प्रगति  पनि कामना  गर्नु भयो। 
फरक क्षमता भएका बिधार्थीहरुले पढने बिधालयलाई सहयोग गर्न सबै अभिभावकहरुले स्थानिय सरकारक‍ो ध्यानाकर्षण गराएका थिए ।
बिधालय अहिले निकै राम्रो सफा भएको भन्दै बिधालयका प्रअ कमला भुसाललाई सबैले धन्यवाद दिएका थिए । 

अन्य समाचारहरु