चुत्राबेसीको त्रिवेणी धाममा साहित्य वाचन सम्पन्न (तस्बिर सहित)

प्रकासित मिती: (२०७६ कार्त्तिक २२, शुक्रवार)

सुर्य भुसाल  
चुत्राबेसी, अर्घाखाँची कार्तिक २२ । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका २ चुत्राबेसीकाे त्रिवेणी धाममा लुम्बिनी वाङ्गमय प्रतिष्ठान अर्घाखाँचीकाे अायाेजनामा  बृहत् साहित्यिक रचनावाचन कार्यक्रम सम्पन्न भएकाे छ ।
हरिबाेधनी ठुली एकादशिकाे अवसरमा अायाेजित कार्यक्रममा प्रमुख अतिथि सनपा २ का वडा अध्यक्ष माेतिजंग रायमाझी ले कला साहित्य ,संस्कृतिले समाज विकासमा खेलेकाे भुमिकाकाे चर्चा गर्दै यस्काे विकासमा सबै लाग्नु पर्ने बताउनु भयाे । रायमाझीले अर्घाखाँची पाणिनि जन्मेकाे ठाउँ गाैरव र उर्जा भूमि भएकोले साहित्यकारहरूले साहित्यकाे माध्यम बाट जिल्ला लाई चिनाउनु पर्नेमा जाेड दिनु भयाे ।
संस्थाका अध्यक्ष पिताम्वर बन्जाडेकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा ,अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ ले साहित्यले देशमा ठुला ठुला परिवर्तन ल्याउन सहयाेग गरेकाे बताउँदै अर्घाखाँचीमा सम्पुर्ण साहित्यिक संस्थाहरू एक भएको सन्देशले कला साहित्यमाथि उठ्ने संकेत मिलेकाे बताउनु भयाे ।
कार्यक्रममा प्रतिष्ठानद्वारा हालै प्रकाशित भाषा ,कला, साहित्य, विशेष जिल्लाकाे पहिचान दिने राष्ट्रिय स्तरका कवि लेखकका रचनाहरू संकलित करिव ३०० पृष्ठकाे साहित्यिक प्रकाशन पाणिनि पुस्तक छुट मूल्यका साथ बिक्री गरियकाे थियाे ।
कार्यक्रममा कमल वस्यालकाे अगुवाइमा विशेष भजन प्रस्तुत गरियाे ,भजनमा एकादशी मेला भर्न अायका धर्मालम्वीहरू छमछमती नाचेका थिय ।कार्यक्रममा सबैकालागि निशुल्क पानी सेवा समेत प्रदान गरियकाे थियाे ।
कार्यक्रमकाे सहयाेग सन्धिखर्क नगरपालिका वडा नं.२ र अर्घाखाँची उद्योग वाणिज्य संघ काे रहेकाे थियाे भने मन्च ब्यबस्थापनकाे साैजन्य संगम फुडल्याण्ड सनपा १ बाट भएको थियाे । कार्यक्रममा ३० जना साहित्यकारहरूले अाफ्नाे रचना वाचन गर्नु भएको थियाे ।
कार्यक्रममा समापन मन्तब्य राख्दै प्रतिष्ठानका अध्यक्ष पिताम्वर बन्जाडे ले कार्यक्रम सहयाेग प्रदान गर्नुहुने ,सहभागिता जनाउनु हुने ,रचना वाचनगर्नुहुने ,श्रवण गर्नुहुने ,पुस्तक लिनुहुने सबैमा धन्यबाद ब्यक्त गर्नु भएकाे थियाे ।
संस्थाका उपाध्यक्ष लिलामणि ढुङ्गाना काे स्वागत र प्रतिष्ठान सदस्य पत्रकार गाेपाल भट्टराईले सन्चालन गर्नु भएकाे कार्यक्रम मा लुम्बिनी बाङ्गमय प्रतिष्ठान केन्द्रीय सदस्य हिम लेकाली , बरिष्ठ साहित्यकार कुलचन्द्र मरासिनी ,राजनितिक तथा साहित्यिक ब्यक्तिताे नरेन्द्र कुमार क्षेत्री ,प्रगतिशील लेखक संघका जिवनारायण खनाल ,उद्योग वाणिज्य संघ का वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसाल ,पतन्जली याेग समिति अध्यक्ष प्रेम नारायण पाेख्रेल ,रिटर्निङ्ग माईग्रेट नेपालका अध्यक्ष वसन्त के .सि. लगायतकाे अातिथ्यता रहेकाे थियाे ।
लुम्बिनी वाङ्गमय प्रतिष्ठान काे स्थापना पछि अर्घाखाँची मा हरेक महिनाकाे पहिलाे शुक्रवार शान्ति बगैँचा सन्धिखर्कमा रचना बाचन कार्यक्रम सम्पन्न हुँदै अायकाे छ ।जस्काे मिडिया पाटनरमा रेडियाे अर्घाखाँची १०५.८ मेगाहर्ज र नयाँ एफ एम ८७.६ मेगाहर्ज रहेका छन् ।

अन्य समाचारहरु