बसन्त खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका स्थानहरु भारतीय नक्सामा समावेश गरिएकोमा आपत्ति जनाउँदै आज सदरमुकाम सन्धिखर्कमा विरोेध प्रदर्शन तथा बिरोधसभा सम्पन्न गरेको छ ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले भारतीय नक्सामा कैद गरिएका सबै नेपाली भूमि तत्काल फिर्ता गर्न भारत सरकारसँग माग गर्दै सन्धिखर्कमा विरोेध प्रदर्शन तथा बिरोधसभा सम्पन्न गरेको हो ।
राजमो जिल्ला अध्यक्ष थम्मन केसीले हिजो बमका गोला बारुद पड्काएर जनताहरुलाई तर्साउनेहरु आज दुई तिहाईको सरकारमा बसेर के हेरिरहेका छन् अहिले त बमबारुद त पड्काउन पर्दैन कुटनैतिक तरिकाले रास्टियताको पक्षमा आफू हरु उभिन पनि सक्दैनन् त्यही हो भारतसँग सुरुङ्ग युद्द लड्छौ भनेको भनेर बताउनु भयो ।
कार्यक्रममा नेकपा मसालका जिल्ला प्रवक्ता पसुपती ढकाल, नेता शेर बहादुर बिसी, अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देबेन्द्र कुंवर, राजमो जिल्ला अध्यक्ष थम्मन के.सी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
कार्यक्रममा जिल्ला सचिब बाबुराम पन्थी सुनारको संचालनमा सम्पन्न भएको थियो ।
भारतले कालापानी लगायतका नपाली भूभाग समेटेर बनाएको नक्सा तथा अतिक्रमण विरुद्ध राष्ट्रिय जनमोर्चाले देशका विभिन्न भागमा प्रदर्शन गरेको छ । शनिबार धनगढी, बुटवल, अघाँखाँची, रौतहटलगायत देशका विभिन्न जिल्लाहरुमा प्रदर्शन गरी ‘गो ब्याक ईण्डिया’ को नारा लगाइएको छ ।