अर्घाको मिर्निडकोटमा अज्ञात व्यक्तिद्वारा अपांग व्यक्तिमाथि खुकुरी प्रहार

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची २२ कार्तिक २०७६ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० अर्घाको मिर्निडकोट खहरामा अज्ञात व्यक्तिबाट एक अपांगमाथि  खुकुरी प्रहार भएको छ । 
अर्घाको मिर्निडकोट खहराका ५३ वर्षिय लाेकनाथ आचार्यमाथी शनिबार साँझ ६ बजेतिर अज्ञात समुहद्वारा खुकुरी प्रहार भएको हो । 
गम्भीर घाइते आचार्यको जिल्ला अस्पतालमा प्रथामिक उपचार गरि भैरहवा मेडिकलमा रिफर गरिएको छ । 
अज्ञात समुहले आचार्यलाई टाउको र हातमा खुकुरी प्रहार गरेको छ । अनि एउटा हात फ्याक्चर भएको  छ । आचार्य शारीरिक रुपमा अपांग व्यक्ति हुन ।
 खुकुरी प्रहार गर्ने समुहको खोजी भईरहेको प्रहरीले बताएको छ । 

अन्य समाचारहरु