नरपानीकाे वन क्षेत्रमा पदमार्गकाे निर्माण लागि सर्वे तथा निरिक्षण सम्पन्न (तस्बिर सहित)

हिम लेकाली
नरपानी, अर्घाखाँची २०७६ कार्तिक २३ अर्घाखाँचीडट्कम। सन्धिखर्क नगरपालिका वडा नं.६ स्थित नरपानीमा रहेकाे वन क्षेत्रमा पदमार्गकाे निर्माण लागि सर्वे तथा निरिक्षण काे काम सम्पन्न भएको छ ।
नरपानी कालिकाठी पाणिनि तपाेभूमि पर्यटन पदमार्ग निर्माण अभियान अन्तरगत याे मार्ग निर्माण हुन थालेकाे हाे ।अहिले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय ५ नं. प्रदेश काे विनियाेजित बजेट पचासलाख बाट पदमार्ग निर्माणका लागि डिभिजन वन कार्यालय अर्घाखाँची काे सर्वे, निर्देशन अनुगमन मा कार्य प्रारम्भ हुन थालेकाे छ । 
साे कार्य सम्पन्न गर्नका लागि कार्यालय प्रमुख डिभिजनल वन अधिकृत शिव प्रसाद शर्मा सहितकाे प्राविधिक टाेलीले शनिवार एक हजार त्रिसट्ठी मिटर क्षेत्रकाे सर्वे गरेकाे छ ।
सर्वेमा सहायक वन अधिकृत अनिल कुमार महताे ,शिला पाेख्रेल ,माेतिराम पाैडेल र हरि बहादुर थापा रहनु भएको थियाे ।त्यसैगरि स्थानीय उपभोक्ता वडा नं. ६ वडा सदस्य यमकला थापा समाजसेवी प्रितम के.सि.पिताम्वर खासु , दल बहादुर खत्री, लेख बहादुर टण्डन ,माेहन बिक्रम के.सि .पत्रकार हिम लेकाली साे टिममा सम्लग्न रहनुभएकाे थियाे । सर्वे गरियका क्षेत्रमा प्रतिक्षालय निर्माण ,राेल (भङ्गदालाे ) तारबार र सिडि सहितकाे पदमार्ग निर्माण गरिनेभयकाे छ । 
नरपानी सहिद पार्क बाट सुरूहुने उक्त पदमार्ग २०७४ बाट कार्य अारम्भ भएकाे थियाे त्यतिबेला कालापातल तारे पहरा सामुदायिक वन काे ठुलढुङ्गा सम्म पाँच सय मिटर पक्कि पदमार्ग बनिसकेकाे थियाे भने अब ठुलढुङ्गा बाट मसिना पाेखरि सम्म पदमार्ग बन्ने भएको छ ।अर्घाखाँची जिल्लाकाे प्रचुर पर्यटकिय विकासकाे सम्भावनालाई द्रिष्टिगत गरि साे काे पूर्वाधार विकासमा पदमार्ग निर्माणका लागि २०६८ साल देखि राज्यले” नरपानि कालिकाठि पाणिनि तपाेभूमि (दह)पर्यटकिय पदमार्गकाे लागि सिफारिस दियकाे छ “। 
साे अनुसार अर्घाखाँची पर्यटकीय पूर्वाधार विकास समिति सन्धिखर्क तथा पर्यटन मन्त्रालयकाे टेण्डर प्रकृयामा पाणिनि तपाेभुमिदेखि कालिकाठी सम्म २०७० देखि ०७३ सम्म पटक पटक गरि प्रतिक्षालय ,माेटरबाटाे तथा पदमार्ग निर्माण गरियकाे पूर्वाधार विकास समिति अध्यक्ष लेख बहादुर टण्डनले बताउनु भएकाे छ । यसरी थालनी गरियकाे पदमार्ग केही वर्षमा जाेडिने छ र लक्ष प्राप्ति गर्ने छ भन्नेमा अाशा लिन सकिन्छ ।

अन्य समाचारहरु