अर्घाखाँचीडट्कम संवाददाता
मधुरा घाट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क वार्ड नम्बर १२ का जीवन कुमार बस्यालको डेंगु रोगका कारण उपचारको क्रममा निधन भएको छ ।
बस्याल डेंगु रोगका कारण एक साता अघि देखि बिरामी पर्नुभएको थियो । बस्यालको काठमाण्डौ स्थित बिपी मेमोरियल हस्पिटलमा उपचारको क्रममा गएराती ५२ बर्षको उमेरमा निधन भएको थियो ।
बस्याल सन्धिखर्क वार्ड नम्बर १२ डिभर्नाका नेपाल कम्युनिष्ट पार्टी नेकपाका वार्ड कमिटी अध्यक्ष हुन् ।
बस्यालको मधुरा घाटमा अन्त्यष्टि गरिएको छ । उहाको पार्थिब शरीरमा श्रद्धाञ्जली दिन प्रतिनिधि सभाका सदस्य टोपबहादुर रायमाझी, राष्ट्रिय सभाका सासद चन्द्रबहादुर खड्का, सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल, नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक लगायत नेकपाका जिल्ला स्तरिय नेताहरु, आफन्तहरुको ठुलो सहभागीता रहेको थियोे ।
उहाको निधन प्रति नेकपा अर्घाखाँचीले गहिरो दु:ख ब्यक्त गरेको छ ।