छत्रगन्जमा श्री छत्रमहाराज मन्दिर प्रवेशद्वारको उद्घाटन कार्यक्रम सम्पन्न, १२४८ खुड्किला (तस्बिर सहित)

दिपक भुसाल 
छत्रगन्ज, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेवा समाज अर्घाखाँचीले निर्माण गरेको छत्रदेव गाउँपालिका वार्ड नम्बर ५  छत्रगन्जमा स्थित “छत्रदेवालय” श्री छत्रमहाराज मन्दिर प्रवेशद्वार उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ । 
करिब रू. १ करोड १५ लाख बराबरको बजेटमा सम्भवत ५ नं. प्रदेशकै सबैभन्दा बढि १२४८  खुड्किला सहितको स्टिल रेलिङ मार्ग र कम्पाउण्ड वाल सहित प्रवेशद्वार निर्माण भएको छ ।
छत्रदेव गाउँपालिकालाई धार्मिक पर्यटकिय क्षेत्रको रूपमा विकास गर्ने स्थानिय सरकारको नीति अनुरूप नेवा समाज अर्घाखाँचीले प्रवेशद्वार निर्माण गरेको हो ।    
निर्माण कार्यमा समाजसेवी तथा नेपाली काँग्रेसका नेता चन्द्रमान श्रेष्ठले नेतृत्व गर्नुभएको थियो । सो अवसर विभिन्न व्यक्तिहरुलाई सम्पन्न गरिएको थियो । 
यस मन्दिरमा अबको केही समयमै छत्रदेव भ्यु टावर निर्माण गरिने भएको छ । 

अन्य समाचारहरु